default_image

मार्सल आर्टस्

February 27, 2016

सुनिल र फूर्वा सम्मानित

काठमाडौं, फागुन १५ नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो स्वयम्भुले दुई कराते खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ११औ साग खेलकुदका स्वर्ण पदकधारी तथा अमेरिकामा भएको फिका ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ७५ किलो तौल समुहमा कास्य विजेता सुनिल लामा र स्वीडेनमा भएको स्कटहोम ओपन कराते प्रतियोगिताको ६० किलो तौल समुहका रजत पदक विजेता […]

February 23, 2016

जुडोका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं, फागुन ११ १२औं सागमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नेपाल जुडो संघले नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदको ओलम्पियन सेमि कवर्ड हलमा मंगलबार एक कार्यक्रम गर्दै संघले नगदसहित सम्मान गरेको हो । सागमा नेपालले जुडोबाट एक स्वर्ण, दुई रजत र ६ कास्यपदक जितेको थियो । संघले सागमा स्वर्ण जित्नेलाई ५० […]

February 21, 2016

मार्शल आर्टस् हलअफ फेमका अध्यक्ष शर्मा सम्मानित

काठमाडौंं, फागुन ९ तेक्वान्दोका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक एवं वल्र्ड मार्शल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक मास्टर दिनेश शर्मा सर्टिफिकेट अफ अनरले सम्मानित भएका छन् । नेपालमा मार्शल आर्टस् एवं तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेकोले मास्टर शर्मालाई नेपाल क्याकुशिन सेइसिन काइकान कराते संघले प्रथम राष्ट्रिय महिला तथा पुरुष तौल समुह […]

February 18, 2016

वाइटो आमन्त्रण तेक्वान्दो आज भोलिबाट

काठमाडौँ , फागुन ६ वल्र्ड एशोसियसन अफ इन्टरनेश्नल तेक्वान्दो अर्गनाइजेशन् (वाइटो) नेपालको आयोजनमा शुक्रबारबाट दोस्रो नेपाल राष्ट्रिय तथा पहिलो अन्तर्रा्ष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुँदैछ । प्रतियोगितामा बाहिरी राष्ट्रसहित नेपालका सेलेक्टेड करिब १० जना खेलाडी, प्रशिक्षक तथा अफिसियलको सहभागिता रहनेछ । एकल स्पारिङ्ग र एकल प्याट्रन विधामा विभिन्न उमेर, बेल्ट र तौल समूहका महिला तथा पुरुष […]

February 16, 2016

सागमा तेक्वान्दो स्वर्णविहीन

काठमाडौं, फागुन ४ नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्णपदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्णविहीन हुँदै घर फर्किने भएको छ । प्रतियोगिताको ११ औं दिन सवर्णपदकको लागि भएको खेलमा तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित […]

February 15, 2016

आयशा फाइनलमा चुकिन्

सिलोङ ,फागुन ३  तेक्वान्दोकी स्टार खेलाडी आयशा शाक्यले  १२औं दक्षिण एशियाली खेलकुदमा रजतमै चित्त बुझाएकी छन् । फाइनल स्पर्धामा ६२ केजीमुनी तौलसमुहबाट आयशाले भारतीय खेलाडी मार्गेरिता रेगीसंग सडन डेथमा पराजित हुँदै रतजमा सीमित भएकी हुन । खेलमा नियमित समयमा दुवैको ६-६ अंक भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा भारतीय खेलाडी रेगीले तीन अंक […]

February 15, 2016

यानकुमारी र ज्ञानीलाई रजत पदक

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् । महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी […]

February 10, 2016

उसु खेलाडी झरनाद्वारा खेलजीवनबाट सन्यासको घोषणा

गुहावटी माघ २७ बाहौ दक्षिण एशियाली खेलकुदमा उशुतर्फ रजत पदक बिजेता झरना गुरुंगले उशु खेलबाट सन्यास लिएको बताएकी छिन् । १२ औं दक्षिण एशियाली खेलकुद आफ्नो अन्तिम खेल भएको जनाउदै अब आफु खेलाडीका रुपमा उशु को एरीनामा नउत्रने बताएकी हुन् । उनले आफु खेलाडीका रुपमा नभए पनि प्रशिक्षक लगायत अन्य क्षेत्र मार्फत उशुमा भने सदैब […]

February 10, 2016

उसुबाट बुधबार नेपाललाई ६ रजत

गुवाहटी, माघ २७ भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो । नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, […]

February 10, 2016

१२औं सागः उसुमा गोले र राईलाई रजत

सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् […]

Success

Thank you for your time.