default_image

मार्सल आर्टस्

July 29, 2016

रियो जुडो टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो […]

July 19, 2016

कोरियामा नेपाली तेक्वान्दोलाई चार स्वर्ण र तीन रजत

काठमाडौ। दक्षिण कोरियामा भएको दशौा विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेका छन् । नेपाली टोलीले जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण हात पारेको नेपाली टोलीका प्रशिक्षक कुमार लामा घिसिङले बताए । दक्षिण कोरियाको […]

July 16, 2016

सोनामले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा काँस्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।

June 23, 2016

फुपुले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]

June 16, 2016

कुराँस च्याम्पियनसिप शनिबार

काठमाडौं – ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष, महिलातर्फ समान ५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष दानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि झन्डै ४ लाख ७० हजार रुपैयाँ खर्च […]

June 2, 2016

इन्द्रलाई मुक्तिसंग्रामबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद )- अमेरिकामा रहेका क्योकुसिन तथा किक बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । मुक्तिले नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी मार्फत उक्त सहयोग उपलब्ध गराएका हुन् । सुवेदीले ५१ हजार रुपैयाँ इन्द्रलाई बिहीबार हस्तान्तरण गरे […]

May 24, 2016

पारामाउन्ट कराते यसै महिना

काठमाडौं, जेठ ११ गते । जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता जेठ अन्तिममा हुने भएको छ । प्रतियोगिता जेठ ३१ र ३२ गते बानियााटारस्थित आयोजक पारामाउन्टको हातामा हुने छ । प्रतियोगितामा भारतको मुम्बइबाट ८ तथा नेपालको बुटवल, धादिङ, लम्जुङ, दोलखा र काठमाडौंबाट […]

May 13, 2016

एनएसकेए करातेमा नेपाल च्याम्पियन

नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कांस्य जित्यो । दोश्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कांस्य हात पा¥यो । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट […]

May 13, 2016

मल्लिका र पुनमलाई स्वर्ण

आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा […]

May 12, 2016

कराँतेका महासचिव सिवाकोटी ठगी आरोपमा पक्राउ

नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। विगत छ हप्तादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। प्रहरीले सिवाकोटीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अन्तर्गतको नेपाल कराँते महासंघका बहालवाला महासचिव सिवाकोटी महाराजगञ्जबाट पक्राउ […]

Success

Thank you for your time.