April 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १० पदक जितेको नेपाली कराते टोली स्वदेश फर्केको छ । थाइल्यान्डको बैंककमा अप्रिल २० देखि २४ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाले ५ रजत र ५ कास्य पदक जितेको थियो । सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला […]
April 25, 2017
काठमाडौं(हाम्रो खेलकुद) दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई स्वर्णपदक दिलाएकी छन् । हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । क्याडेट २९ केजीमुनि सुप्रिमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरको […]
April 24, 2017
बैंकक (हाम्रो खेलकुद) – थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपको अन्तिम दिन नेपालको पुरुष टिमले फाइटमा कास्य जितेका छन् । यससँगै तीनदिनसम्म चलेको च्याम्पियनसिपमा नेपालले ४ रजत र ६ कास्यपदक जित्न सफल भयो । बैंककको इन्डोर स्टेडियममा सोमबार भएको अन्तिम दिन नेपालको पुरुष टिम फाइटमा सिंगापुरलाई पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । नेपाली टिम फाइटमा […]
April 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्ड ओपन कराते च्याम्पिनसिपको दोस्रो दिन पनि पदक जितेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले ३ रजत र त्यति नै कास्य पदक जितेको छ । पहिलो दिन शनिबार नेपालले १ रजत र २ कास्य पदक जितेको थियो । दोस्रो दिन कुमुते ६१ केजी तौल समुहमा सपना लामा, ८४ […]
April 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । थाइल्यान्डको राजधानी बैंकक अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा सोनाम लामा, ६० केजीमा रविन्द्र कार्की, ८४ केजीमुनि दिवस श्रेष्ठ र विप्लव श्रेष्ठ तथा ८४ केजीमाथि लेखनाथ मैनालीले […]
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली पदक विजेता तेक्वान्दोकी मनिता शाही विवाह बन्धमा बाधिएकी छिन् । मनिताको शनिबार बिनेस खड्गीसँग विवाह भएको थियो । झन्डै दुई बर्ष अमेरिका बसाईपछि मनिता केही साता अघि स्वदेश फर्केकी थिइन् । अमेरिका जानुअघि मनिताले दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र रजत जितेकी थिइन् । सविता राजभण्डारी, संगीना वैद्य जस्ता सफल […]
April 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ आर्मी च्याम्पियन बनेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्डहलमा बिहिबार सम्पन्न प्रतियोगितामा २ स्वर्ण र २ रजत पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो बनेको छ । १ स्वर्ण, […]
April 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्दै पुलिसले टिम च्याम्पियनको उपाधि जितेको हो । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब दोस्रो भयो । […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मुवाँथाई संघले विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई बिहीबार सम्मान गरेको छ । संघले बिहिबार एक कार्यक्रम गर्दै थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपमा पदक जित सफल चार खेलाडीलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरु सञ्जय राई, अनिशा खड्का, दीपक तामाङ र करुणा रुप्रेतीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शनिबारबाट शुरु भएको न्युयोर्क ओपन च्याम्पियनसिपमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी करातेका सुनिल लामाले कांस्य पदक जितेका छन्। ६० केजी तौल समुहमा आइतबार राति प्रतिस्पर्धा गरेका सुनिलले रेपेचेजबाट पदक जितेका हुन्। पहिलो खेलमा ८-०को सहज जित हात परेका सुनिलले दोश्रो खेलमा ८-४को विजय हासिल गरे। तेश्रो खेलमा ५-३ […]