November 3, 2017
प्रकाश तिमल्सिना काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । […]
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा आयोजना हुने विश्व युथ मार्सल आर्टस् च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कोरियाको जेन्छुन नगरपालिकाको आयोजनामा शनिबारबाट कात्तिक २४ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका गौरव गती र क्रिस थापाले भाग लिने नेपाल कुराश संघले जनाएको छ । टोलीका् प्रशिक्षकमा चन्द्र बुढा र व्यवस्थापमा संघका वरिष्ठ उपाध्यक्ष […]
November 1, 2017
प्रकाश तिमल्सिना काठमाडौं – नेपालमा समूहगत खेलको दाँजोमा व्यक्तिगत खेलमा प्रायोजन गर्ने व्यापारिक संस्था कम छन् । फुटबल, क्रिकेट र पछिल्लो समय भलिबल अन्य खेलको तुलनामा नेपालमा बढी प्रायोजक पाउने खेल हुन् । यी तीन खेलमा दर्शक पनि अरु खेलको भन्दा बढी छन् । ‘मास गेम’ भएकोले त्यसमा प्रायोजन गर्दा एकै पटक धेरैमा प्रचार जाने […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुर मंगलबजारको सम्झना लेब्रोटरी क्लिनिक प्रालिले मुख्य प्रायोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेब्रोटरीका अध्यक्ष उर्दिप जोशीले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बेलायतमा आयोजना हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपमा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । कल्याण कुँवरको प्रशिक्षणमा रहेको नेपाली खेलाडीमा रोहितहाङ राई, राम अधिकारी, पलेसा गोवद्र्धन र रञ्जना धामी छन् । टोली ३ महिनादेखि […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता हुने भएको छ ।आयोजक नेपाल कराते महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता आउदो कात्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन प्रतियोगिता हुने जानकारी गराएको हो । करातेको राष्ट्रिय टिम निर्माणको तयारीको रुपमा यस प्रतियोगितालाई हेरिएको प्रतियोगिता संयोजक […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)–बन्दी सहायता नियोग (पाम) लाई शिरीष फाउन्डेसनले शनिबार सहयोग प्रदान गरेको छ ।ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापित शिरिष फाण्डेसनले बनस्थली रानीवनमा रहेको पामलाई करिब ६० हजार रुपैयाँ बराबरीको कार्पेट र पर्दा सहयोग गरेको हो । यस्तै फाउन्डेसनका प्रमुख शिरीषले त्यहाँ रहेका बालबालिकाका लागि विभिन्न खेलका सामाग्री पनि उपलब्ध गराएका छन् […]
September 15, 2017
काठमाडौं– यो साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट खेलाडी युवाको विजेता बनेकी थिइन् । झन्डै दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी मनिताले गत वर्ष १० औं क्याडेड एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । मनिताको सफलता यति मात्र सिमित छैन […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्किमिनिस्तानको अस्गावादमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर मार्सल आर्टस गेम्समा सहभागी हुने खेलाडीसहितको आफ्नो टोलीलाई नेपाल कुरास संघले आज विदाई गरेको छ । मार्सल आर्टस गेम्स सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना हुँदैछ । जहाँ कुरासका तीन खेलाडी जयन्ती श्रेष्ठ, अस्मिला छन्त्याल र दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । संघकी उपाध्यक्ष […]