default_image

मार्सल आर्टस्

February 27, 2018

करातेका पदक विजेतालाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने नेपाली खेलाडीलाई खोप फुटबलले नगद पुरस्कारसहित सम्मान गरेको छ । फुटबल लिगका दौरान मंगलबार पदक विजेता खेलाडीलाई सम्मान गरियो । गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा राम श्रेष्ठले व्यक्तिगत रुपमा ५/५ हजार रुपैयाँबाट सम्मान गरेका थिए । बर्लिन ओपमा अनु अधिकारी, मलिका […]

February 27, 2018

बंगलादेशको बिकेएसपी जुडोमा नेपाललाई ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)–  बंगलादेशमा जारी बिकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण र १ कास्य पदक पदक जितेको नेपाल जुडो संघले जनाएको छ । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गरेकी थिगइन् । पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण पदक जिते […]

February 22, 2018

अन्तरविद्यालय करातेमा एलएकी श्रीयालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गल्र्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् । गल्र्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा […]

February 18, 2018

बर्लिनमा ३ नेपालीले जिते स्वर्ण पदक

काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् । जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा […]

February 16, 2018

आइटिएफ तेक्वान्दोका पाँच खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ । बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेक्वान्दो खेलाडीहरु सस्मन बस्नेत, विविका बस्नेत, आषिश थापा, शान्ताकुमार थापा मगर र निशान्त लामिछानेलाई सम्मान गरेको हो […]

February 13, 2018

४ खेलाडीले बर्लिन करातेमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा यसै साता हुने बर्लिन खुला कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार र शनिबार हुने कराते च्याम्पियनसिपको ४ नेपाली खेलाडी चुनौति पेश गर्नेछन् ।   जसमा पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुेन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा अनु अधिकारी र ५५ केजीमा […]

February 11, 2018

ज्ञानी र यानलाई अमेरिकामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय खेलाडी ज्ञानी चुनारा, यान कुमारी चौलागाईं र तारा कुमार रायमाझीले अमेरिकाको डालास टेक्सासमा भएको डालास अन्तर्राष्ट्रि तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् । शनिबार राति डालासमा सम्पन्न महिला फेदर वेट (५३–५७) केजी तौल समूहको फाइनलमा यान कुमारीले साल्भाडोरकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । […]

February 5, 2018

ओलम्पियन विष्टको स्पोर्टस् युनिभर्स डेडुको आधिकारिक विक्रेता

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्टले सञ्चालन गर्दै आएको स्पोर्टस् युनिभर्सले तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता प्राप्त गरेको छ । तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरका […]

January 29, 2018

प्रधान सेनापति तेक्वान्दोमा विजेश्वरी ‘ए’ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ए टिम १० स्वर्ण सहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कास्य पदक समेत जितेको थियो । २ स्वर्ण र १ कास्य पदकका साथ आदर्श योग हरी मा.वि. लैनचौर दोस्रो र १ स्वर्ण, १ […]

default_image

January 27, 2018

तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता आजबाट सुरु भएको छ । नेपालमै पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्राहरुका लागि विभिन्न तौल समूहमा आयोजना गरिएको पहिलो प्रतियोगिता राजधानीको स्वयम्भुस्थित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा शनिबारबाट शुरु भएको हो । प्रतियोगितामा १९ विद्यालयका १ सय ५० खेलाडीको सहभागिता रहेको छ । जुनियर र सिनियर […]

Success

Thank you for your time.