April 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन नेपाली खेलाडीले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिप र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्रतियोगिता ट्युनिसियामा हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । युथ ओलम्पिक छनोट बिहीबार सुरु हुने बताइएको छ । नेपाली खेलाडी आशया लामाले ४९ केजी तथा कपिल थापाले ५९ केजीमा तथा शैलेश गिरीले ४८ केजीमा प्रतिस्पर्धा […]
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी १८औं एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्प २ गरेर कुल १० खेलाडी छनोट गरिएको हो । इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । भारतको पुनेमा शुक्रबार हुने साधारण सभामा भाग लिन कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ त्यसतर्फ गएका हुन् । […]
March 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा च्याम्पियन बनेका छन् । सनी पुरुषमा र मञ्जु महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्ली चाइल्ड डेभलपमेन्ट सेन्टर (इसिडिसी) प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङदद्वारा आयोजित प्रथम उपत्यकाव्यापी प्रतियोगितामा सहभागी १५ टिमलाई पछि पार्दै इसिडिसी च्याम्पियन बन्न सफल भएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका १५ टिमका २०० जना खेलाडीबीच सम्पन्न भएको प्रतियोगितामा इसिडिसीले ४ स्वर्ण १ रजतसहित टिम […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते–डो संघ बज्रको आयोजनामा चैत पहिलो साता १५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुल्ला फुलकन्टयाक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा चैत २ र ३ गते हुने नेपाल क्योकुसिन कराते–डो संघ बज्रका अध्यक्ष जगत गौचनले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– केआईएफ कुरोदय मार्सल आट्र्स संघ नेपालको आयोजनामा केआईएफ मार्सल आट्र्स सेल्फ डिफेन्स तालिम तथा सेमिनार राजधानीमा सम्पन्न भएको छ । एक दिने सेमिनारमा ३० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव सुरेन्द्र विष्टले बताएका छन् । सहभागीहरुलाई कुरो जुजुत्सो महासंघ युरोपका अध्यक्ष एवं संस्थापक नेडरल्यान्डका कृष्ण गोपालले प्रशिक्षण दिएका थिए । ४५ दिने […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । बुधबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा १० सदस्यीय तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा, संघका केन्द्रीय सदस्य नोर्बु लामा, बद्रीप्रसाद घिमिरे र संगिना बैद्य लगायतले […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ । नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका कार्यालय सचिव एवं टिम व्यवस्थापक ईश्वर रेग्मीले जनाएका छन् । त्यस्तै भारत दोश्रो भयो । अन्तिम दिन महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष […]