July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिनव शाक्य र यङचेन शेर्पाले अस्ट्रेलियामा जारी सातौ गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।शनिबार क्यारेरा इन्डोर स्टेडियममा भएको पुम्सेतर्फको १३ वर्षमुनिको स्पर्धामा अभिनवले फाइनलमा अष्ट्रेलियाका ब्लाके मुर्रेलाई पराजित गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यसअघि अभिनवले अष्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका एकन ग्रानिर अमिउरलाई हराएका थिए ।पुम्सेतर्फ […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार बिहान चीन प्रस्थान गरेको हो । ९ खेलाडी र तीन अफिसियल गरी ११ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले बिदाई गरे । नेपाली टिमले चीनमा २० दिनसम्म […]
July 23, 2018
काठमाडौं(एजेन्सी)–आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरी बल (एपिएफ)का खेलाडीका लागि विभिन्न खेल सामाग्री प्रदान गरेको छ । आदर्श समाज बिकास केन्द्रले भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न खेल सामग्री उपलब्ध गराइएको हो । केन्द्रले सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्त […]
July 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को वर्ष नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसयाली खेलकुद (साग) मा समावेश २७ खेलमा समावेश सबै इभेन्ट्स सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २७ खेलमा समावेश महिला पुरुषका इभेन्ट्को बारेमा जानकारी दिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बसेको बैठकले २ […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ह्याम्स हस्पिटलले विभिन्न खेलका सात खेलाडीलाई शनिबार सम्मानित गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई उचो राख्ने काम गरेका विभिन्न खेलका सात खेलाडीलाई हस्पिटलले उपहारसहित सम्मानित गरेको हो । मण्डिखाटारस्थित हस्पिटलको नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान […]
July 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना आयोजना हुने १८औं एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पुरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले एटियु कोर्स पूरा गरेका हुन् । मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, ओपम्पियनद्वय संगिना वैद्य […]
July 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत […]
July 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले कोरियामा पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको छ । महिला टोलीले पनि रजत पदक जितेको छ । अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो […]
July 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजतपदक जितेका छन् । कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजीमुनि तौल समूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएकी हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ […]
July 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली […]