December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा दक्षिण एसियाली कराते महासंघको महासचिव चयन भएका छन्। दक्षिण एसियाली महासंघका अध्यक्ष भारतीय भरत शर्माले महासंघको कार्यसमितिलाई पूर्णता दिने क्रममा लामालाई महासंघको महासचिव मनोनयन गरेका हुन् । काठमाडौंमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप (मंसिर १६ र १७ गते) को अघि भएको महासंघको कंग्रेसले शर्मालाई अध्यक्ष निर्वाचित […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पिनसिपमा टिम च्याम्पियन बनेको छ। आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले २६ रजत र ६ कास्य पदक पनि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्य पदकसाथ […]
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)- सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप (एसएकेएफ) को पहिलो दिन शनिबार नेपालले १२ स्वर्ण पदक जितेको छ । भारतले भने १५ स्वर्ण पदक कब्जा जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १ स्वर्ण पदक जितेको छ । दक्षिण एसियाली कराते महासंघको आयोजना रनेपाल कराते महासंघको […]
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबार सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिप (क्याडेट, जुनियर, यू २१ र सिनियर) को सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार र आइतबार दुई दिन हुने प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ […]
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […]
November 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा दक्षिण एसियाली कराते प्रतियोगिता मंसिर तेस्रो सातामा हुने भएको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता मंसिर १६ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हालमा हुने भएको हो । आयोजक नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३ सय ५३ […]
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले आफ्नो वाचा १० दिनमा नै पूरा गरेका छन् । चीनमा सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड) का पदक जित्ने खेलाडीलाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेका थिए । एसियाड सकेर करातेलगायतको नेपाली खेलाडी स्वदेश फर्कदा वैद्य एसियाडकी ऐतिहासिक रजत पदक विजेता करातेकी […]
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा हालै सम्पन्न सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेको कुमुतेमा रजत पदक जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघ लैनचौर काठमाडौंले सोमबार १ लाख ५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । करातेका खेलमार्फत देशको प्रतिष्ठा बढाउनका लागि उच्च प्रदर्शन गरेकोमा डोजोले सम्मान गरेको हो । एसियाडमा करातेमा […]
October 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)- विद्याआर्जन सितोरियो कराते डोजोले दशैंको उपलक्ष्य आयोजना गरेको चौथौ उपत्यकाव्यापी कराते प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठसहित अन्य खेलकर्मी सम्मानित भएका छन्। बाग्मती प्रदेशका खानेपानी, आपूर्ति तथा उर्जा सिचाई मन्त्री तीर्थ लामाले मन्दे काजीसहित राष्ट्रिय रेफ्री सह- संयोजक महेश रन्जित , राष्ट्रिय […]
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिपमा शनिबार महिलातर्फ प्रश्ना ढकाल र पुरुषतर्फ निश्चल खड्का उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । च्याम्पियन मार्सल आर्ट एकेडेमीले आयोजना गरेको च्याम्पियनसिपमा इचङ्गुकी डोजो टिम च्याम्पियन बनेको छ । आयोजक च्याम्पियन मार्सल आर्ट […]