April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएसए ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङसहित कराते टोली अमेरिकामा सम्मानित भएका छ। ग्यान्स कम्युनिटी सेन्टर अस्टिन कराते टोलीलाई सम्मान गरेको हो । १९ औं एसियन गेमका रजत पदक विजेता तथा युएसए ओपन कराते अन्तराष्ट्रिय करातेकी स्वर्ण र रजत पदक विजेता एरिका गुरुङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]
April 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएस ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्। अमेरिकाको टेक्ससको ह्युसटनमा नेपालीहरुले एरिका र आफूलाई सम्मानित गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। उनीहरुलाई १ हजार ५ सय अमेरिकी डलर सहित सम्मा गरिएको हो। २८ मार्चदेखि अप्रिल १ सम्म टेक्ससमा भएको युएस ओपन […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदकमा चित्त बुझाउनु परेको छ। सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेका छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुलाको पनि फाइनलमा पुगेकी छन्। अर्का खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको […]
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहको फाइनलमा पुगेकी छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले फाइनलमा अमेरिकी खेलाडीको सामना गर्नेछिन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका छन् । प्रशिक्षक […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा करातेले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका छन् । शुक्रबारदेखि मधेश प्रदेशको निजगढ सरु भएको भएको साधारण सभाको शनिबार उद्घाटन घिसिङले लामो समयदेखि विवादित करातेलाई गत वर्ष एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिकाप्रति करातेले न्याय […]
February 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले १९ औं एसियाली खेलकुद (एसियाड) को करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ । मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी थिइन् । […]
February 3, 2024
ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ह्याट्रिक गरेका छन् । लगातार तीन वर्षदेखि आयोजना भएको प्रतियोगिताको तीनै संस्करणमा लगातार स्वर्ण पदक जित्ने पुरुषतर्फ विप्लवलाल र महिलातर्फ मिस्ली एक्लो खेलाडी हुन् । विप्लवले लगातार तेस्रो पटक नै कुमुते पुरुष ८४ केजी माथि […]