default_image

कराते

April 15, 2019

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठमा दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । जेठ ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते […]

April 8, 2019

पदक विजेता खेलाडीलाई संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराँते संघले विभिन्न विधामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ । सन् २०१८ नोभेम्बर २१ देखी २५ सम्म इन्डोनिसियाको जाकर्तामा भएको १५ औं एसियन प्यासिफक सितोरियो कराँते च्यम्पियनशिप र गत मार्च १५ देखि १७ सम्म जापानको टोकियोमा सम्पन्न भएको ९ औं सितोरियो कराँते डो वोल्ड च्याम्पियनशिपमा सहभागि तथा पदक […]

April 5, 2019

सुमन दोश्रो चरणमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा भएको अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका सुमन तिम्सिना दोश्रो चरणमा पराजित भएका छन् । पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए । दोश्रो चरणमा त्यत्ति नै अंक अन्तरमा त्यही राष्ट्रका खेलाडीसंग सुमन चुके । उनको स्पर्धामा विभिन्न राष्ट्रका २५ खेलाडीले प्रतिस्पर्धा […]

March 20, 2019

सन्दीपा र सन्जीवलाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् । स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कांस्य पदक जितेका हुन् । मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्फ पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज […]

March 18, 2019

स्पेशल ओलम्पिकमा अजयलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । अजयले पुरुष सटपुटमा स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य जित्न सफल भए ।

March 18, 2019

युरोपियन ओपनमा सुस्मिलाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुस्मि श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् । सुस्मिले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् । नेदरल्यान्डको हेगमा भएको प्रतियोगितामा सुस्मि हल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंक […]

March 18, 2019

आठौं राष्ट्रिय खेलकुदः जिम्न्याष्टिक, कराते र सुटिङबाट खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिज महर्जन रहेका छन् […]

March 17, 2019

विश्व च्याम्पियनसिपमा दिगम्बरलाई ऐतिहासिक रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा […]

March 15, 2019

विश्व च्याम्पियनसिपमा डिगम्वरलाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त पदक पक्का गरेका गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेजुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि कम्तीमा पनि रजत पदक पक्का भएको प्रशिक्षक कुशल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । फाइनलमा उनले […]

February 27, 2019

कराते विवाद समाधानका लागि २१ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरी फरक–फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासंघको विवाद अन्त्यको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले संघ संस्थाको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा गठन गरेको राष्ट्रिय खेल संघहरुको विवाद, समस्या […]

Success

Thank you for your time.