default_image

कराते

sangina-baidya

June 9, 2019

संगीना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे […]

June 5, 2019

कराँते एकेडेमी उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको सातदोबाटोमा कराँते एकेडमीको औपचारिक उद्घाटन भएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले एकेडमीको उद्घाटन गरेका हुन । अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ बर्षको अवधिमा तयार भएको हो । तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा निर्माण सुरू भएको एकेडेमीमा १२ वटा कोठा रहेका छन् । यस्तै २ कक्षा […]

May 28, 2019

चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा मंगलबारदेखि चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन विभिन्न १४ इभेन्टको सेमिफाइनल समिकरण पुरा भएको छ । यति इभेन्ट्स बसुन्धारामा भएको खेलमा पुरुष ६० केजी तौल समूहमा सुजन कुमार पुरी र सागर चौलागाईले सेमिफाइनलको यात्रा तय गरे । ५५ […]

May 27, 2019

वादोरियो करातेको विशेष प्रशिक्षण सम्पन्न, प्रतियोगिता मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ । एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जानकारी गराए । युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै […]

May 17, 2019

पदक विजेता तथा भेट्रान्स खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल डोजो र अन्तर्राष्ट्रिय कराँते खेलाडी विजय लामाले करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र बौद्ध टुसाल भेट्रान्स समुहका खेलाडीलाई शुक्रबार सम्मानित गरेका छन् । विजयले आफ्नै पहलमा शंखडोल डोजोसँगको सहकार्यमा कराँतेका तीन खेलाडीलाई नगद र मायाको चिनोसहित तथा बौद्ध टुसाल भेट्रान्स समुहका १२ जना खेलाडीलाई ट्याकसुट र खादा ओढाएर सम्मानित गरेका […]

May 13, 2019

आठौंका स्वर्ण विजेता श्रेष्ठ सम्मानित

काठमाडाैं (हाम्राे खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तरगत कराते विधामा स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ साेमबार नगदसहित सम्मानित भएका छन् । कर्मा कन्ष्ट्रक्सनले आठौं अन्तरगत पुरुष एकल काताका स्वर्णधारी मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई कर्मा कन्ष्ट्रक्सनका एम डी रवि महर्जन र म्यानेजर युनास डंगाेलले साेमबार नगदसहित सम्मान गरेका हुन् । मन्डे करातेकाे तीन […]

April 23, 2019

तेक्वान्दो -शीर्ष ३ मा विभाग, पुलिस टिम च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा टिम नेपाल पुलिस क्लब ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण ४ रजत र ७ कास्य पदक सहित १४ पदक जित्दै त्रिभुवन आर्मी क्लब दोश्रो भएको छ । अर्को विभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत […]

April 20, 2019

पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण

दाङ (हाम्रो खेलकुद) आठौं अन्तर्गत पुरुष एकल कतामा नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मन्डेले फाइनलमा प्रदेश ७ का ललित खत्रीलाई ५–० ले हराए । त्यसअघि मन्डेले आर्मीका पर्शुराम बास्तोलालाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । एपीएफका अनिल चौधरीले कास्य जिते । स्वर्ण जितेपछि मन्डेले अहिलेसम्मकै […]

April 17, 2019

फुल कन्ट्याक्ट कराते : रुपक र मन्जु पहिलो

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले […]

April 16, 2019

फुल कन्ट्याक्ट कराते सुरु

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि नेपालगन्जस्थित महेन्द्र क्याम्पसमा सुरु भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै तौलसमूहमा सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी छन् । सेमिफाइनल र फाइनल बुधबार हुनेछ ।

Success

Thank you for your time.