default_image

कराते

July 30, 2020

मन्डेकाजी नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । १३औं सागमा नेपालको तर्फबाट पहिलो स्वर्णपदक विजेता तथा नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई युवा संघका रमेश आचार्य, धादिङ जिल्ला […]

July 26, 2020

अनलाइन करातेमा एभरेस्ट मार्सल आर्टसलाई ९ पदक

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्समा भएको अनलाइन कुमुते कराते कम्पिटिसनमा एभरेस्ट मार्सल आर्टस कराते टोलीले विभिन्न ९ पदक जित्न सफल भएको छ । एभरेस्ट मार्सल आर्टस कराते टोलीले १ स्वर्ण र समान ४–४ रजतपदक र कास्यपदक जित्न सफल भएको हो । गल्र्स ८ वर्षमुनिको कुमुतेमा सुविता गौतमले स्वर्णपदक जित्न सफल भइन् । उनले मकाउकी केइ […]

July 13, 2020

दोहोरो स्वर्णधारी मण्डेलाई नगरपालिकाको दराज उपहार

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार दिएको छ । मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीले खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनेको भन्दै सजावटसहित दराज उपहार दिइएको हो । सोमबार एक कार्यक्रमबीच उनको निवासमा नै दराज औपचारिक […]

July 6, 2020

अनलाइन कराते कातामा नेपाल तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको छ ।  नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेश्रो स्थान हात पारेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए । ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ […]

July 4, 2020

अनलाइन कराते कातामा नेपाललाई थप ४ पदक

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले थप चार पदक थप्न सफल भएको छ । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो दिन नेपालले थप एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको हो । जुनियर क्याटेगोरी अन्तरगत […]

June 24, 2020

गोदावरी नगरद्वारा सागका पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए । गत वर्ष […]

June 15, 2020

नीतालाई स्वर्ण, रविन्द्र रजतमा खुम्चिए

काठमाडौं (हाम्रो खेलकुद) – सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । नीता आचार्यले स्वर्ण जित्दा रविन्द्र मानन्धरले रजत जितेका हुन् ।  केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई पराजित […]

June 11, 2020

सागका स्वर्ण पदक विजेता मन्डेकाजी र जुनी ड्युटीमा

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीको ड्युटीमा खटिएका छन् । हवल्दारसमेत रहेका मन्डेकाजीसहित सागकी अर्की स्वर्णधारी जुनी राईले पनि बिहीबारदेखि नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्र महाराजगन्जमा ड्युटी थालेका हुन् । कोरोना महामारीको त्रासका कारण गएको चैत ११ गतेदेखि […]

June 7, 2020

मानन्धर कराते काता च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कराँते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन् ।   केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्द्धीलाई पछि पार्दै मानन्धर ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् । मानन्धरले सेमिफाइनलमा भारतका […]

May 19, 2020

कराँते भिडियो च्यालेन्जमा थामी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा घर भित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धामा बिकबहादुर थामी पहिलो भएका छन् ।  थामीले ६५ प्रतिस्पर्धाीलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएको हो । हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान हासिल गरेको […]

Success

Thank you for your time.