March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपमा पूर्वकराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमी शुक्रबार र शनिबार आयोजना हुँदै छ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका […]
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शनिबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र […]
March 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रका सागर विष्ट स्व. प्रेमकला श्रेष्ठ स्मृति कप पन्ध्रौं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगितामा पहिलो भएका छन् । बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूह फाइनलमा सागरले मकवानपुरका सविन थापालाई पराजित गरे । पुरुष ३० केजीमा कञ्चनपुरका जितेन्द्र विष्ट, ३५ केजीमा कन्चनपुरकै विकास महरा, ४० केजीमा थानकोटका सन्तोष तामाङ, ४५ […]
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेजले कराते खेलाडी मन्देकाजी श्रेष्ठलाई शनिबार सम्मान गरेको छ । गत वर्ष मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अबढाएको भन्दै कलेजले मन्देलाई सम्मानित गरेको हो । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्देकाजी एक्लो नेपाली कराते खेलाडी हुन् ।मनास्लुले कक्षा […]
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरिक्षकमा बढुवा भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले महाराजगन्जको ६५औं वार्षिकोत्सवको अवसरमा उनलाई सहायक निरिक्षकमा बढुवा गरेको हो । उनलाई प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरे ।
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कराते खेल विकासमा आ आफ्नो क्षेत्रबा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ३ व्यक्तित्वलाई नेपाल कराते महासंघ ललितपुरले सोमबार सम्मान गरेको छ । महासंघले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोल र नेपाल उद्योग बाणिज्य महासंघ ललितपुरका अध्यक्ष मनोजबहादुर न्याछ्योलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको १३औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् । शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका […]
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी आर्यन रन्जित बिहीबार नगदसहित सम्मानित भएका छन् । कोरियन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण जितेवापत आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् । गत डिसेम्बर २७ तारिखमा भएको प्रतियोगिताको पुरुष ११ वर्षको कुमुतेमा आर्यनले स्वर्ण जितेको प्रमुख प्रशिक्षक सञ्जय […]