September 19, 2024
हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमाएसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरूङले पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्। एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रवार स्वागतसहित बधाई दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, […]
August 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- करातेका पूर्व खेलाडी सुरेन्द्र सिंह विष्ट नेपाल लोकतान्त्रिक खेलकुद संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका छन्। लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले संघको विधान अनुसार विष्टलाई सुदूरपश्चिम प्रदेशको अध्यक्ष मनोनयन गरेको पत्र दिएका छन्। बैतडी पाटन नगरपालिका ३ का विष्ट कुरोदय सेल्फ डिफेन्स मार्शल आर्टस संघका संस्थापन महासचिव तथा प्रमुख प्रशिक्षक हुन्।
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुस्मिता फाउण्डेशन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली (साफ) कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई नगदसहित सम्मान गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार आयोजित कार्यक्रममा साफ करातेको ६० केजीका स्वर्ण पदक विजेता मिनलाई १ लाख १ रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरे। सोही अवसरमा खेलाडी […]
August 9, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले ३ रजत पदक र ४ कास्य पदक जितेका हुन् । दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूह र टिम कुमुतेमा रजत […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसँग विभिन्न खेलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँग आइतवार अन्तरक्रिया गरेका छन्। कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका छन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) ३ […]