default_image

कराते

April 8, 2022

सागकी स्वर्ण पदक विजेता कुसुम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी कुसुम खड्का प्रथम कृष्णप्रसदा भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ४५ केजीमा च्याम्पियन बनेकी छिन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगितामा आर्मीका लागि यो पहिलो स्वर्ण पदक हो । प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ४५ केजीको फाइनलमा कुसुमले मधेश […]

April 7, 2022

रोजन च्याम्पियन, साग पदकधारी दिवस पराजित

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ८४ केजी मूनिको तौल समूहमा प्रदेश एकका रोजन खड्का च्याम्पियन बनेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठ समावेश भएको तौल समूहमा रोजनले विभागिय खेलाडीको दबदबालाई तोडेका छन् । प्रतिस्पर्धात्मक फाइनलमा रोजनले त्रिभुवन आर्मी क्लबका सरेश जाप्रेललाई पराजित […]

April 7, 2022

टिम कातामा पुलिस र एपिएफलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद) – प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा १३ औ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सरू कार्की र निर्मला तामाङ सम्मिलित नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । सरू, निर्मला र १३ औं सागकै एकल काताकी रजत पदक विजेता चञ्चला दनुवारको टिमले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा […]

April 7, 2022

साग स्वर्णधारी निर्मला एकल कातामा विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी निर्मला तामाङले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला एकल कातामा स्वर्ण पदक जितेकी छिन् । पुरुषतर्फ पनि पुलिसकी महसुस मोक्तानले स्वर्ण पदक जितेका थिए । ललितपुरको सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन निर्मलाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी संगिता मगरलाई पराजित गरेकी थिइन् । फाइनलमा निर्मलाले […]

April 7, 2022

सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेले एसियाड नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठले १९ औं एसियाली खेलकुद नखेल्ने भएका छन् । एसियाड सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा हुँदैछ । एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि उनले एसियाड खेल्ने छैनन् । […]

April 7, 2022

सागका स्वर्णधारी महसुस एकल काता च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका महसुस मोक्तान प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन महसुस च्याम्पियन बनेका हुन् । महसुस दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक विजेता […]

April 3, 2022

मनकामना टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बूढानीलकण्ठ दोश्रो भयो । तेश्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ […]

April 1, 2022

सुविधा र उमंग पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो संघको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको र्गल्स तर्फ सुविधा गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भएका छन् । सो स्पर्धामामा अन्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइज तर्फ उमंग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र […]

April 1, 2022

कराते प्रतियोगितामा लि निङ सह प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगितालाई स्पोर्टस् र फेसनमा ख्याती प्राप्त लि निङ र कोरियन फास्ट फुड सम्पनी सान सोजु इसले सह प्रायोजन गरेका छन् । सम्झना ल्याब प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । लि निङका प्रबन्ध निर्देशक राजन महर्जन र सान सोजुका व्यवस्थापक शीशिर अर्याल तथा […]

March 30, 2022

आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मीले ९ स्वर्ण जित्यो । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले १ स्वर्ण हात पा¥यो । बलम्बुमा भएको प्रतियोगिताको पुरुषमा […]

Success

Thank you for your time.