June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसर तथा क्योकुसिन करातेका प्रशिक्षक स्व. रामजीप्रसाद वज्राचार्यको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरियो । खेलाडी, प्रशिक्षकलगायत गरी ४६ जनाले रक्तदान गरेको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनलले जनाएको छ ।
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहिबार राखेपमा बिदाई गरेका छन् । टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना ब्यक्त […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो । १ स्वर्ण, […]
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिबार स्वर्ण जितेका छन् । रेहान पुरुष तथा रसुगी महिलामा पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५५ केजीमा नेपालकी पुष्पका […]
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुमन भोलनले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २३औं बार्षिकोत्सवको अवसरमा हुने आठौं सगरमाथा अन्तर्राष्ट्रय कराते प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ । नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छ […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]
April 30, 2022
काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]