default_image

कराते

February 2, 2023

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते – लुम्बिनीबाट खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले खेलाडी छनोट गरेको छ । बिहीबार सम्पन्न दुई दिने छनोट प्रतियोगिताबाट महिलातर्फ ९ र पुरुषतर्फ १० खेलाडी छनोट भएका छन् । महिला ४५ केजीमा गीता विक, ५० केजीमा अनिता पुन मगर, ५५ केजीमा बर्षा बुढामगर, ६१ केजीमा रक्षा […]

February 1, 2023

कृष्णप्रसाद भट्टराई स्मृति कराते – कर्णालीबाट खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी भएका छन् । महिला र पुरुष कुमुते तथा कतामा गरि २१ खेलाडी छनोट भएको कर्णाली प्रदेश कराते टेक्निकल कमिटी सुर्खेतले बुधबार जानकारी दिएको छ । छनोट हुने महिला खेलाडीमा एलिसा रास्कोटी मगर (४५ केजी), ममता नेपाली (५० […]

January 29, 2023

इचंगु र ब्रह्माष्मीलाई सरस्वती कराते कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – इचंगुनारायण डोजो र ब्रह्माष्मी स्कुलले प्रथम सरस्वती कप सिनियर तथा जुनियर कराँते प्रतियाेगिताको उपाधि जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा १३ र १४ माघमा भएको प्रतियोगितामा सिनियरतर्फ इचंगुनारायण डोजोले तथा जुनियरमा ब्रह्माष्मीले उपाधि जितेको हो । सिनियरतर्फ कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचंगुले २ स्वर्ण २ […]

January 29, 2023

नेपाल कराते महासंघका अध्यक्ष लामाद्वारा शपथ ग्रहण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् । राखेपले गत बिहीबार करातेका संस्थापक […]

January 28, 2023

कृष्णप्रसाद भट्टराई स्मृति कराते– बागमतीका खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट खेलाडी छनोट भएका छन् । महिला पुरुष कुमुते र काता गरि २१ खेलाडी छनोट भएको छनोट प्रतियोगिता आयोजक नेपाल कराते डो महासंघ चितवन शाखाले जनाएको छ । छनोट हुने खेलाडीमा महिला कुमुतेमा पार्वती गुरुङ (४५ केजी), सोनु श्रेष्ठ, […]

January 26, 2023

पूर्व सदस्य सचिव लामाको अध्यक्षतामा कराते महासंघ पूर्नगठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आफ्ना पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघलाई पूर्नगठन गरेको छ । पहिलो पुस्ताका कराते खेलाडी समेत रहेका लामाको नेतृत्वमा पूर्नगठित महासंघलाई ९० दिन (२०८० वैशाख १२ गते) भित्र विधान मस्यौदा तयार ग।िर राखेपको स्वीकृतीमा साधारण सभा तथा निर्वाचन गर्ने जिम्मेवारी सम्पेको छ । […]

January 11, 2023

कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम […]

January 9, 2023

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ एकेडेमी बसुन्धाराले कराते खेलाडी सुमन तिमल्सिनालाई सोमबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । एक्टिभका अध्यक्ष प्रा.डा. गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरे ।अध्यक्ष न्यौपानेले कराते खेल मार्फत राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसंग जोडिन पाउँदा खुशी लागेको बताउदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न […]

January 4, 2023

सुनिल र नीमा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजोका सुनिल समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनिल र नीमा दुवै आ–आफ्नो तौल समूहका स्वर्ण विजेता हुन् । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो । जसमा पुरुषतर्फ […]

January 4, 2023

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाई गरे । जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपाल सोतोकान कराते संघका महासचिव […]

Success

Thank you for your time.