default_image

कराते

March 6, 2023

देउराली डोजोद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो । दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण […]

March 5, 2023

नेपाललाई दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो । श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल […]

March 2, 2023

कराते महासंघको निर्वाचत चैत ११ मा

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ । विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । […]

March 1, 2023

कराते टोली सारजाह प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ । मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, […]

February 28, 2023

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला […]

February 19, 2023

करातेका ४८ खेलाडी एसियाडको प्रारम्भिक छनोटमा

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को करातेको प्रारम्भिक प्रशिक्षणका लागि ४८ खेलाडी छनोट भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न छनोटमा महिला र पुरुषतर्फ समान ६ गरि १२ तौल समूहमा खेलाडी छनोट भएका हुन् । हरेक समूहमा सेमिफाइनल पुग्ने खेलाडी छनोट भएका छन् । महिला ६१ केजी तौल समूहमा एएिफकी रमिता माझी […]

February 18, 2023

एसियाली खेलकुदका लागि करातेको छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) का लागि करातेको प्रारम्भिक छनोट सुरु भएको छ । लतिलपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा दुई दिने छनोट प्रतियोगिता शनिबार सुरु भएको हो । महिला र पुरुषको समान ६ गरि १२ तौल समूहमा छनोट हुने कराते प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । पहिलो दिन महिला र पुरुष काता तथा कुमुते […]

February 16, 2023

स्वर्णधारी हजाम आनन्द जब अन्तिम सेकेन्डमा स्तब्ध बने

भुपेन्द्र जि.सी.काठमाडौं भनिन्छ एक सेकेन्डको महत्व कति हुन्छ खेलमा हार्ने खेलाडीलाई सोध्नु । अन्तिम सेकेन्डसम्म नतिजा जता पनि जानसक्छ । त्यसैले खेलाडीको लागि हरेक सेकेन्ड निकै महत्त्वपूर्ण हुन्छ । एक सेकेन्डको कारण विश्व खेलकुदमा हारेका थुप्रै उदाहरण छन् । गत शुक्रबार दोस्रो कृष्णप्रसाद भट्टाई स्मृति राष्ट्रिय प्रतियोगिता ५० केजी तौल समूहमा सुदूरपश्चिमका आनन्द कामी क्वाटरफाइनल […]

February 12, 2023

चिरायु चन्चलाको कराते साधना

भुपेन्द्र जि.सी,काठमाडौं चन्चला दनुवार नेपाली करातेकी सदाबहार खेलाडी हुन् । डेढ दशक लामो सक्रिय खेलाडी जीवन बिताइसकेकी चन्चलाले करिअरमा थुप्रै सफलता हासिल गरेकी छिन् । देशको प्रतिनिधित्व गर्दै ऐतिहासिक पदक समेत जितेकी चन्चलाको सफल खेल जीवनमा केहि अविस्मरणीय क्षण छन् । कुनै भन्नेबितिक्कै सम्झना आइहाल्ने, त कुनै बिर्सन चाहेर पनि नसकिने । नेपालमै तीन वर्ष […]

February 11, 2023

मनिषा र विप्लव करातेमा उत्कृष्ट

ललितपुर (हाम्रोे खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा महिलातर्फ एपिएफकी मनिषा चौधरी र पुरुषतर्फ नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । तीन वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मनिषा र विप्लप दुवै पदक विजेता खेलाडी हुन् । सागका स्वर्ण पदक विजेता विप्लपले शुक्रबार ८४ केजी माथिको […]

Success

Thank you for your time.