default_image

कराते

June 23, 2023

प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् । गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक […]

June 11, 2023

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन

हिमाल खरेल , बिर्तामोड झापाको बिर्तामोडमा भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । सातवटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो । आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहका अनिष उप्रेती, […]

June 9, 2023

मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहेका मन्दे काजी श्रेष्ठ सम्मानित भएका छन् । नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता –२०८० अन्तरगत केन्द्रिय शाखा डोजोद्वारा आयोजित प्रतितियोगिता दौरान उनलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचीव टंक लाल […]

June 9, 2023

कराते महासंघको दोहोरो अस्तित्व ब्युत्याउने खेल – एसियाडका लागि अलग छनोट

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल कराते महासंघको दोहोरो अस्तित्वलाई पूनः ब्युत्याउने खेल सुरु भएको छ । झण्डै अढाई महिना अघि चितवनको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामासहित २० सदस्यीय कार्यसमितिको चयन गरेको थियो । त्यसका वावजुद अर्को समूह पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई पून क्रियासिल गराउने प्रयासमा लागेको छ । […]

June 4, 2023

आयोजक टिका भैरव टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो । गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो […]

June 3, 2023

विजय र अर्पणालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विजय राई र अर्पणा तामाङले दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५५ केजी तौलसमूको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे । […]

June 3, 2023

नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला र पुरुष १०–१० तौलसमूह गरी २२ […]

June 2, 2023

विवेक र निरज सेमिफाइनलमा

काठमडौं (हाम्रो खेलकुद) – धादिङका विवेक श्रेष्ठ र काठमाडौंका निरज दुदराज दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान पनि सेमिफइनलमा पुग्न सफल भए । प्रतियोगिताको नेता सन्तु दराईले एक कार्यक्रमबीच […]

June 2, 2023

पहिलो दिन नेपाललाई ६ स्वर्ण

काठमाडौं(हाम्रो खेलकुद) – नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण नेपाली खेलाडीले जितेका छन् । नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डोजोका अरुण तामाङले स्वर्ण जितेका थिए । फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए । २५ केजीमूनि तौलसमूहमा […]

June 2, 2023

राहुल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे । टीका भैरव मन्दिरको प्राङ्णमा भएको पुरुष ५० केजीमा पाथिभरा डोजोका सुनिल घलानले उत्तर पानीका अमित […]

Success

Thank you for your time.