default_image

जुडो

April 10, 2022

सन्जित र मनिता उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – सन्जित डंगोल पुरुष र मनिता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको […]

April 9, 2022

जुडोमा एकै परिवारका तीन खेलाडीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् । पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते । नेपाल जुडो संघको […]

March 26, 2022

जुडोको सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५० जनाको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ […]

December 10, 2021

सदस्य–सचिवलाई जुडोको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाइ दिएको छ । सदस्य–सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्ष भेट गरी जुडो संघका पदाधिकारीले बधाइ दिएका हुन् । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य–सचिव नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । […]

November 28, 2021

जुडो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानमा आयोजना हुन लागेको एसियन÷ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि नेपाली जुडो टोलीको बिदाई गरिएको छ । चार खेलाडी, १ प्रशिक्षक र दुई अफिसियललाई आइतबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामनासहित बिदाई गरे । एसियन/ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप २ देखि ५ नोभेम्वरमा लेवनानको वेरुतमा हुनेछ । […]

October 9, 2021

एसियन जुनियर जुडो च्याम्पियनसिपका लागि ४ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष-महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र […]

August 4, 2021

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]

July 30, 2021

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम […]

July 26, 2021

ओलम्पिकमा जापानी दाजु-बहिनीले जिते स्वर्ण

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु–बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् । एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास मात्रै होइन । एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता (बहिनी) […]

June 25, 2021

सोनियाले ओलम्पिक खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । जुडो इन्द्रबहादुर श्रेष्ठको नाम पनि वाइल्ड कार्डका लागि सिफारिस गरिएको थियो । १३ औं सागमा कास्य […]

Success

Thank you for your time.