default_image

जुडो

July 22, 2022

जुडो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान […]

July 15, 2022

एसियाली क्याडेट र जुनियर जुडोमा नेपालको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिप भाग लिने भएका छन् । बैंककमा साउन १ गते देखि ७ गते सम्म हुने प्रतियोगितामा क्याडेटमा र जुनियरमा समान २ गरि ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । क्याडेट/जुनियरमा समान १ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले […]

June 22, 2022

ओलम्पिक दिवसमा जुडोको प्रभातफेरी

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो । प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष […]

June 6, 2022

पारा जुडोले विश्व वातावरण दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघले विविध कार्यक्रम गरी विश्व वातावरण दिवस सोमबार मनाएको छ । सो अवसरमा संघका पदाधिकारी, पारा जुडो खेलाडी, सगरमाथाको सफल आरोहण गरिसकेकी चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडाकी डा.सब्रिना (अस्ट्रिया) लगायतले बहिरा विद्यालय, नक्सालको बानेश्वरमा रहेको होस्टेल हाताको सरसफाइ गर्नुका साथै वृक्षा रोपण गरेको नेपाल […]

June 3, 2022

सदस्यसचिव घिसिङ र सब्रिनाबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल […]

June 1, 2022

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले चारपटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाई सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले […]

May 29, 2022

पारा जुडोमा प्रशान्तलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गरे । बानेश्वरमा भएको प्रतियोगिताको बहिरातर्फ नै पुरुष ५०–६० केजीमा ऋषिमनि […]

April 30, 2022

जुडोबाट एकै परिवारका तीन खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हांग्झोउमा सेप्टेम्वरमा हुने १९औं एसियन गेम्स (एसियाड) का लागि जुडोबाट १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता […]

April 10, 2022

सन्जित र मनिता उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – सन्जित डंगोल पुरुष र मनिता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको […]

April 9, 2022

जुडोमा एकै परिवारका तीन खेलाडीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् । पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते । नेपाल जुडो संघको […]

Success

Thank you for your time.