September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन्। १६ वर्षका युवा जुझारु खेलाडी हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो। ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ र क्लिन […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ। चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो। नेपालको दशक लामो एसियाली खेलकुदको सहभागीतामा नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो। यसअर्थ यो कास्य ऐतिहासिक बनेको हो। अवार्डमा […]
September 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को ८ टोलीका मार्की खेलाडीको नाम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई ८ मार्की खेलाडीका रुपमा घोषणा गरेको हो । अहिलेलाई पछिल्लो समयको प्रदर्शन हेरेर खेलाडीहरुको घोषणा […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलिम्पिक्स २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक, व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ रुपैयाँ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै उनका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई […]
September 13, 2024
एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]
September 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज चन्द्रपुर नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका बीचमा खेल हुँदैछ । यो एन्फा महिला लिगको चौथो राउन्डको अन्तिम खेल हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउसो ३ बजे सुरु हुनेछ । चन्द्रपुर ३ खेल खेल्दै २ बराबरी र १ हारका साथ आठौं स्थानमा रहे । सुदूरपश्चिम ३ खेलमा जितबिहिन रुपमा […]
September 13, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालले सन् २०२२ मा साफ यू१५ च्याम्पियनसिप जित्दा सुक्रिया मियाले आक्रमणमा राम्रो प्रभाव जमाएकी थिइन् । महिला फुटबलमा नेपालले बिरलै पाउने सफलताको सारथी बनेकी सुक्रियाले त्यसयता यू१७ उमेर समूह हुँदै घरेलु फुटबलको सिनियर टोलीमा नै खेलेकी छिन् । जारी महिला राष्ट्रिय लिगमा वालिङको आक्रमण सम्हालिरहेकी सुक्रिया आफ्नो दिदीले अपुरो छोडेको सपना पूरा […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५औं कंग्रेस काठमाडौंमा बिहीवार सम्पन्न भएको छ। खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस नेपालमा पहिलो पटक आयोजना भएको हो । कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कात्तिक ९ देखि १९ गतेसम्म आयोजना हुनेछ । सिरिजमा नेपाल र अमेरिका सहित स्कटल्यान्डको पनि सहभागिता रहने छ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग […]