default_image

lokpriya

August 17, 2024

पिएसजीको सुखद सुरुवात

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शुक्रवार पिएसजीले ले हाभ्रलाई ४-१ ले पराजित गरेको हो। हाभ्रको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि ‌ओस्मान डेम्बेले, ले काङ, ब्रेड्ली बार्कोला र कोलो मुनाइले गोल गरे । हाभ्रका लागि गौटियर लोरिसले सान्त्वाना गोल गरे […]

August 17, 2024

नेपालका लागि प्लेयर अफ द म्याच जित्ने १३ खेलाडी

सागर अधिकारी, काठमाडौं नेपाली पुरुष क्रिकेट टोलीले हालसम्म ६६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । नेपालले ओडीआई फर्म्याटमै धेरै कीर्तिमान पनि कायम गरेको छ । नेपालले ६६ मध्य ३४ खेलमा जित हात पारेको छ । ३४ खेलमा फरक फरक […]

August 17, 2024

महिला विश्वकप आयोजनामा जिम्बाब्वेको दाबेदारी

एजेन्सी – जिम्बाब्वेले महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि चासो देखाएको छ । आगामी अक्टोबर ३ तारिखदेखि बंगलादेशमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता सरकारविरोधी आन्दोलनका कारण अन्यत्र सारिने सम्भावना रहेको छ । भारतले बिहीवार आयोजनाका लागि तयार नरहेको जनाएपछि युएईका बारेमा विकल्पको रुपमा छलफल भइरहेको छ । विकल्पको सूचीमा जिम्बाब्वेले पनि आफुलाई उभ्याएको छ […]

August 17, 2024

दक्षिण अफ्रिका अग्रता फराकिलो बनाउँदै

एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अग्रता फराकिलो बनाउँदै लगेको छ । दोस्रो दिन शुक्रवारको खेल सकिदा भ्रमणकारी टोलीले २ सय ३९ रनको अग्रता लिइसकेको छ । पहिलो ईनिङमा खास ब्याटिङ गर्न नसकेको पाहुना टोलीले १६ रनको अग्रता लिएको थियो । त्यसमा ५ विकेटको नोक्सानीमा २ सय […]

August 17, 2024

युनाइटेडको विजयी सुरुवात

एजेन्सी – म्याचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । इपिएलको २०२४/२५ संस्करणको पहिलाे खेलमा युनाइटेडले शुक्रवार फुलह्यामलाइ १-० ले पराजित गरेको हो । युनाइटेडका लागि जोसुवा जिकर्जीले निर्णायक गोल गरे । घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा भएको खेलमा जिकर्जीले निर्धारित समय सकिन ३ मिनेट अगाडी गोल गरे । इपिएलमा […]

August 17, 2024

कोशीमा १० औं राष्ट्रिय खेलकुदबारे अन्तरक्रिया

हिमाल खरेल, बिर्तामोड कर्णाली प्रदेशमा यसै वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ र विकास समितिहरुसँग अन्तरक्रिया गरेको छ । विराटनगरमा भएको कार्यक्रममा बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईलेकोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुदमा अधिकतम पदक जित्नेगरी तयारीमा लाग्न आग्रह गरे । मन्त्री राईले प्रदेशका खेलकुद […]

August 16, 2024

साफ यु २०- समूह चरण खेल एन्फाको मैदानमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको समूह चरणका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदान (एस्ट्रो टर्फ) मा हुने भएको छ। दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाकाबीचआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जारी गरेको छ। प्रतियोगिताको सबै खेल यसअघि रंगशालामा हुने तालिका थियो। […]

August 16, 2024

टुसाल विद्यालय स्तरीय पौडी अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको अर्को साता आयोजना हुने भएको छ। टुसाल मल्टिभेन्यु प्रालिले शुक्रवार पत्रकार सम्मेलनमार्फत भदौ ८ गते आयोजना गर्ने  जानकारी दिएको हो । तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले बताए ।  प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]

August 16, 2024

महिला भलिबल लिगको टोली र प्रशिक्षक घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका सम्पूर्ण खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम गत साता घोषणा गरिएको थियो । जसमा राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ […]

August 16, 2024

काभा नेसन्स लिग भलिबल – रजत विजेतालाई सरकारले जनही ३ लाख

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीवार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी‌ ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत […]

Success

Thank you for your time.