November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिवार प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरको राखेपले जनाएको छ । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल […]
November 9, 2024
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]
November 9, 2024
नेपालगञ्ज (हाम्रो खेलकुद)- पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमाजनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जितेका छन् । शनिवार भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमुना माविकका खगेन्द्र भण्डारी दोस्रो र जनता माविकै हेमन्त खत्री तेस्रो भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रवार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको बताएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । ३० वर्षीया सेलिशाको शुक्रवारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ । सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सिप […]
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले शुक्रवार जर्सी सार्वजनिक गरेको छ। पूर्व उप प्रधानमन्त्री पूर्ण बहादुर खड्का र फेस अफ दी कर्णाली अभिनेत्री स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरे। सोही कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले आफ्नो नाम अंकित जर्सी पनि सार्वजनिक गरे। कार्यक्रममा कर्णाली याक्सका निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल तथा टिमका […]