default_image

lokpriya

November 13, 2024

कर्नाटकविरुद्ध नेपाल यू१९ को कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको तयारीमा रहेको नेपाल यू-१९ टोलीले कर्नाटक यू१९ विरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । मध्यक्रमले बिर्सनलायक ब्याटिङ गरेपछि नेपाल कम स्कोरमा समेटियो । कर्नाटकका […]

November 13, 2024

नेपालले ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको […]

November 12, 2024

रोयल गोर्खालाई सहदेव स्मृति फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल गोर्खा एफसीले पाँचौं सहदेव स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । युएई नेप्लिज फुटबल एसोसिएसन (युएनएफए) को आयोजनामा नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा गोर्खा के नाइन एफसीलाई १–० ले हराउँदै रोयल गोर्खाले उपाधि जितेको हो । नविन विकेको निर्णायक गोलमा रोयल गोर्खा विजयी भएको थियो । अनिष श्रेष्ठ प्रतियोगिताको […]

November 12, 2024

सुदूरपश्चिम रोयल्सको‌ जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी सार्वजनिक गरेको छ। टोलीका‌ मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट ले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे । दीपेन्द्रले आफू र मालिक पनि सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए । […]

November 11, 2024

काठमाडौं महानगरद्वारा ग्रासरुटबाट खेलाडी खोज्ने प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्यबाट खेल प्रतिभा खोज्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरेको छ । महानगरले स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । यसैका लागि आइतबार एक कार्यक्रममाझ विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका […]

November 11, 2024

कान्तिपुर टिभीका सिइओ पछाई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईलाई सम्मान गरेको छ । विश्व तेक्वान्दोका अध्यक्ष अध्यक्ष चो ले जी.सी.एस्ले पछाईलाई सोमबार विशेष सम्मान गरेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो संघमा आयोजित कार्यक्रममा नेपाली तेक्वान्दो खेल विकासमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सो अवसरमा तेक्वान्दो संघले विश्व तेक्वान्दोका […]

November 11, 2024

अभिनेता हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]

November 11, 2024

राष्ट्रिय टोली डिफेन्डर पूजा सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो । क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै […]

November 11, 2024

याङटेनले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक‌ जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको‌ कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् । ११ औं‌ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]

November 11, 2024

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ।   नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो। ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टि ट्वान्टी मा ९३  खेल खेलेका छन्। १ हजार १ सय २४ रन बनाएका उनले ६६ विकेट लिएका छन्। राइफरलाई […]

Success

Thank you for your time.