default_image

lokpriya

November 29, 2024

गणपूरक संख्या नपुगेपछि राखेप बोर्ड बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ। झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। […]

November 29, 2024

काभा क्लब च्याम्पियनसिप- नेपालको २ सहित ५ टोलीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको‌ सहभागिता रहने निश्चित भएको छ। नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको‌ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। आठौं प्रधानमन्त्री कप एनभिए […]

November 29, 2024

कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले महिन्द्रासँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नी ग्रुप बीच शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो । कर्णालीका तर्फबाट मालिक झनक दत्त खनाल र महिन्द्राको तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले सम्झौतामा […]

November 29, 2024

भट्ट र खड्काले कोचेज कोर्स लेभल ३ पूरा गरे

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट र टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबका प्रशिक्षक उत्सव खड्काले एफइभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका छन्। भट्ट र खड्काले थाइल्याण्डको बैंककमा मंसिर ३ देखि १० गतेसम्म भएको कोर्समा भाग लिएका थिए। यो कोर्समा पहिलो पटक नेपाली प्रशिक्षकले भाग लिएका हुन्। […]

November 29, 2024

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय  ७५ औं स्थानमा छ। नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो । कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको‌ सुरुमा अफगानिस्तानलाई […]

November 29, 2024

आयशासहित ६ खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित ६ खेलाडीले हङकङमा हुने वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिपमा भाग लिने भएका छन् । त्यसका खेलाडी टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियन्सिप मंसिर १५ देखि १९ गते सम्म हुनेछ ‌।आयशाले महिला व्यक्तिगत र बाबुल शिवाकोटीले पुरुष ४० वर्ष […]

November 29, 2024

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]

November 28, 2024

जनकपुर बोल्ट्सलाई दुई कम्पनीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले दुई प्रायोजकसंग बिहीवार सम्झौता गरेको छ । अलग अलग कार्यक्रमकाबीच जनकपुरले गोल्ड प्रायोजकको रुपमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्टनरको रुपमा नेपाल ल्युब आयल लिमिटेडको गल्फसंग सम्झौता गरेको हो । जनकपुर बोल्ट्स र टेक्नो मोबइल बीच ३ वर्षका लागि सम्झौता भएको हो । सम्झौतमा […]

November 28, 2024

सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको छ । सलिको र रोयल्सबीच इन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ बिहीवार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे। […]

November 28, 2024

एमेच्योर राहुललाई करियरको पहिलो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती तीन दिन अग्रता लिएका व्यावसायिक गल्फर तोरण विक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै युवा एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेक छन् । उनको करियरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ कोर्षमा प्रतियोगिताको अन्तिम दिन विहीबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को […]

Success

Thank you for your time.