default_image

lokpriya

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

December 7, 2024

गोदावरी मेयरकपको उपाधि वडा नं २ लाई

ललितपुर (हाम्रो खेलकुद)-   गोदावरी नगरपालिका अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले जितेको छ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिवार फाइनलमा वडा नम्बर ६ टीकाभैरबलाई २-० ले हराउँदै वडा नं ३ ले उपाधि जितेको हो । दुवै गोल टोलीका कप्तान पासाङ लामाले गरे। वडा नं ३ ट्रफी १ लाख […]

December 7, 2024

माल्दिभ्सको क्लब एचडिसीसँग गण्डकीको‌ हार

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सको क्लब एचडिसीले सानदार कमब्याक गर्दे काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो दुई सेट गुमाएको एचडिसीले शनिवार दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा गण्डकीले सानदार सुरुवात गर्यो। पहिलो सेटमा क्लब एचडिसीलाई निरह बनायो। ११-४ को […]

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]

December 7, 2024

टिप टप हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले रोमाञ्चक जितका साथ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको शनिवार भएको उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा माथ दियो। हेल्प नेपालले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्यो। तर […]

December 7, 2024

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आज सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आज हुँदैछ। नेपाल सहित ४ राष्ट्रका ५ क्लबले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछ्न्। नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्। हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले छनोट भएका हुन।यसैगरी भारतको क्यालीकट हिरोज, […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

दसौं राष्ट्रिय खेलकुद चैतमा !

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]

December 5, 2024

फाल्गुनन्द गोल्डकपमा १० टोलीले प्रतिस्पर्धा गर्ने

दिपक बोहोरा,पाँचथर छ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन् । सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ। फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा […]

December 5, 2024

आइपिएलका करोडपतिलाई यू१९ कप्तान हेमन्तको फ्लाइङ किस

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपमा बुधवार अफगानिस्तानलाई १ विकेटले हराउँदा नेपालका कप्तान हेमन्त धामीले अलराउण्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच पाए । १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको खेलमा हेमन्तले अविजित २२ रनको इनिङ खेल्नुको साथै २ विकेट लिए । त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २७.१ ओभरमा […]

Success

Thank you for your time.