default_image

lokpriya

September 8, 2024

मोइनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

एजेन्सी – इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । मोइनले आइतवार सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मोइनले इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्म २ सय ९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मोइनले २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा अन्तिम पटक खेलेका थिए । ‘म ३७ […]

September 8, 2024

कोशीको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा कोशीले आइतवार कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन पुर्णिमा राईले २ तथा प्रतिक्षा राई र समिक्षा मगरले समान १ गोल गरे । पुर्णिमाले ३४औं मिनेटमा […]

September 8, 2024

अपमानित महसुस भएपछि संगिना वैद्यले उप निर्देशकबाट राजीनामा दिइन्

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप निर्देशक पदबाट राजीनामा दिएकी छन् । झन्डै २ वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी‌ जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ […]

September 8, 2024

वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप – नेपालले स्वर्णसहित ४ पदक जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किङ्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ । थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा स्वर्ण पदक जितेको हो । नेपालले यो इभेन्टमा सहभागी […]

September 8, 2024

एन्फा महिला लिग – पुलिसको‌ सामना गर्दै बागमती

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । कोशी दुई खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णालीलाई हराउँदै कोशी तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्न […]

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 8, 2024

जर्मनीको फराकिलो जित

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा फराकिलो जित निकालेको छ । ग्रुप थ्रीमा जर्मनीले शनिवार हङ्गेरीमाथि ५-० को जित निकाल्यो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा निकोलस फ्युलक्रुग, मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्ज गोल गरे । जर्मनीका निकोलस फ्युलक्रुगले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा मुसियालाले गोल […]

September 8, 2024

नेसन्स लिगमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – इङ्ग्ल्यान्डले युइएफए नेसन्स लिगको गणतान्त्रिक आयरल्यान्डलाई हराएको छ। ग्रुप–टुमा शनिवार भएको खेलमा इङ्ग्ल्यान्ड २-० ले विजयी भएको हो। टोलीलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले गोल‌ गरे। राइसले ११ औं र ग्रेलिसले २६ औं मिनेटमा गोल गरेका हुन्। कार्यवहाक प्रशिक्षक लि कार्ल्सलीको नेतृत्वमा इङ्ग्ल्यान्डले सफलता प्राप्त गरेको हो। गेराथ साउथगेटले छोडयता इङ्ग्ल्यान्डको […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.