default_image

lokpriya

December 21, 2024

आयोजक फिदिमको विजयी सुरुवात

दिपक बोहोरा, पाँचथरआयोजक फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा शनिवार भारतको खर्साङ फुटबल क्लब भारत लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फिदिम क्वाटरफाइनलमा पुगेको छ। निर्धारित समय गोलरहित सकिएपछि टाइब्रेकरमा आयोजक टोलीले बाजी‌ मार्यो । टाइब्रेकरमा फिदिमका आशिष चापागाई,विशाल दर्जी,शुकराज राई र […]

December 21, 2024

एनआरटी झापा कपको फाइनलमा

हिमाल खरेल,बिर्तामोडन्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले शनिवार इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो […]

December 21, 2024

दीपेन्द्रले जिते कार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको‌ कार प्राप्त गरेका हुन्।

December 21, 2024

फाल्गुनन्द गोल्डकप – उद्घाटनमा आयोजक र खर्साङ खेल्दै

दिपक बोहोरा, पाँचथरफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करण आज सुरु हुँदैछ । ६ वर्ष पछि हुन लागेको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको खर्साङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल फिदिम माविकाे मैदानमा दिउँसाे १ बजेबाट सुरु हुने छ । १० टोलीले सभागिता रहेको प्रतियोगितामा आइतवार मच्छिन्द्र एफसी […]

December 21, 2024

एनपिएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण उपाधिका लागि शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो ‌। लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि […]

December 20, 2024

बागमतीमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । स्वयंसेवक छनोट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन सूचना समेत जारी […]

December 20, 2024

कोशी खेलकुद बोर्डले खेल संघ दर्ता मार्गनिर्देशन पारित गर्यो

हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले पारित मार्गदर्शनले खेलकुद विकास बोर्डलाई प्रदेशमा […]

December 20, 2024

हिमालयन चेस एकेडेमीले कौशलटारमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नस (रिडर्स हव) सँग सम्झौता गरेको छ । गत चैतमा थापाथलीस्थिमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिशा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो । […]

December 20, 2024

चर्च ब्वाइज झापा कपको फाइनलमा

हिमाल खरेल,बिर्तामोड सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी […]

December 20, 2024

नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । खेलमा जित हासिल गर्ने टोली फाइनल प्रवेश गर्ने समीकरण रहेको थियो । भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा […]

Success

Thank you for your time.