default_image

lokpriya

October 5, 2024

गौचन लुम्बिनीको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । लुम्बिनी लायन्सका‌ मालिक इश्वर जिसी र गौचनले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा पनि निरन्तरता पाउने बताइएको छ। एनपिएलको आयोजनाका लागि गौचनले नेपाल क्रिकेट […]

October 5, 2024

इडब्लुभिएल उपाधिका लागि कर्णाली र ललितपुर खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को उपाधिका लागि कर्णाली यश्विज र ललितपुर क्विन्सबीच शनिवार प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा फाइनल साँझ ५ः३० बजे सुरु हुनेछ । लिग चरणबाट कर्णाली शीर्ष र ललितपुर दोस्रो स्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेका हुन् । कर्णालीले लिग चरणमा अपराजित रहँदै […]

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिवार बिहान भएको खेलमा नेपालि पुरुष टोली कतारसँग ३३-० को स्कोरमा पराजित भएको हो। नेपाल समूहचरणका सबै खेलमा पराजित भएपछि मुख्य स्पर्धा बहिरको च्यालेन्ज खेल्न परेको हो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा […]

October 5, 2024

ब्याटिङ नचल्दा नेपाली टोली फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाली‌ टोली क्यानडामा फेरि पराजित भएको छ । क्यानडामा भएको शुक्रवार भएको ५० ओभरको अभ्यास खेलमा नेपाली टोली क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो । १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि युवराज शर्माले ४४, […]

October 5, 2024

कर्णाली अपराजित रहँदा ललितपुर पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ ले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो । यसअघि फाइनल पुगिसकेको कर्णालीविरुद्ध काठमाडौंले फाइनल पुग्न २ सेट आफ्नो पक्षमा पारे […]

October 4, 2024

आर्मीले पनि एभिएशन फुटसल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- गीता एभियशनको आयोजनामा शनिवार एभिएशन फुटसल प्रतियोगिता २०२४ मा नेपाली सेनाको‌ आर्मी एयर सर्भिसले पनि भाग लिने भएको छ। एक दिन चल्ने प्रतियोगितामा अब ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि ७ वट टोलीको सहभागिता रहने बताइएको छ । आर्मी एयर सर्भिससँगै बुद्ध एयर, एनआरएफएफए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, […]

October 4, 2024

खड्का सुदूरपश्चिमको सिइओमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले प्रकाश खड्कालाई सिइओमा नियुक्त गरेको छ । खड्का र सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेको टोलीले जनाएको छ। १० वर्ष भन्दा लामो समय क्रिकेटमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका खड्का धनगढी प्रिमियर लिग (डिपिएल) का समेत निर्देशकका रुपमा रहिसकेका छन् । […]

October 4, 2024

काभा यु २० पुरुष भलिबल – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । काभाले शुक्रवार जारी गरेको खेलतालिकामा नेपालले पहिलो खेलमा असोज २० मा श्रीलंकाको सामना गर्ने भएको हो । असोज २० देखि २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.