October 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा बिहीवार सुरु हुने साफ महिला च्याम्पियनसिपको टिकट मोबाइल एपबाट पनि खरिद गर्न सकिने भएको छ । दक्षिण एसियाली महिला फुटबलको यस प्रतिष्ठित प्रतियोगिताको सातौं संस्करण कात्तिक १ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताको लागि टिकट विक्री गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. […]
October 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गरेको छ। युनिलिभर नेपालले गत वर्षदेखि महिला टोलीलाई प्रायोजन गर्दै आएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्स बुधवार आयोजित कार्यक्रममा युनिलिभर नेपालको कन्ट्री एचआर हेड सानिस्ता भाटिया, मार्केटिङ हेड सौरभ कारन्जितलगायतले टोलीका खेलाडीलाई ट्राभल किट्स र युनिलिभरको उत्पादन हस्तान्तरण गरेका थिए । […]
October 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन ३ राष्ट्रिय फुटबल टोली मंगलवार काठमाडौं आइपुगेका छन्। साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारत, साविक विजेता बंगलादेश र श्रीलंका आज आएका हुन्।टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पाकिस्तानी टोली आइतवार र माल्दिभ्स टोली सोमवार […]
October 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुन अब डेढ महिना बाँकी छ। मंसिर १६ गते सुरु हुने एनपिएलका लागि ८ टोलीको घोषणा, मार्की खेलाडी र नेपाली खेलाडीको अक्सन सकिसकेको छ । कतिपय टोलीले प्रशिक्षक नियुक्त गरिसकेका छन्। यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तरले नेपाल प्रिमियर […]
October 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् । साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग […]
October 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]
October 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली युवा टोली आइतवार स्वदेश फर्केको छ। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए। कोलम्बोमा शनिवार भएको च्याम्पियनसिप फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल दोस्रो भएको हो ।पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर […]
October 13, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको टि ट्वान्टीमा क्लिन स्विप गरेको छ। हैदरावादमा शनिवार भएको तेस्रो तथा अन्तिम टि ट्वान्टीमा भारतले बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्याे । २ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलोदशले ७ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनायो । टोहिद ह्रिदोयले सर्वाधिक ६३ र लिटन दासले ४२ रन बनाए । […]
October 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
October 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) –नेपाली युवा टोली काभा यु २० भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदै नेपाल दोस्रो भएको हो । पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२५-२० ले हराउँदै च्याम्पियन बनेको हो। नेपालले लिग चरणमा उज्वेकिस्तान र किर्गिजस्तानसँग पराजित भएको […]