default_image

lokpriya

January 4, 2025

एपिएफ त्रिवेणी कपको च्याम्पियन

लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको […]

January 3, 2025

वालिङमाथि पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् । खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको […]

January 3, 2025

तेक्वान्दो लिग – शुभम र सोनाम विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई […]

January 3, 2025

ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा आयोजना हुने भएको छ । इ–स्पोर्टस संघ नेपाल (इशान) ले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको छ । च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका […]

January 3, 2025

उसुका लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले  सागका […]

January 3, 2025

एनओसीमा आबद्ध २७ संघलाई राखेपले सोध्यो स्पष्टीकरण

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को‌ निर्वाचनमा भाग वा नलिएका सबै २७ राष्ट्रिय संघलाई शुक्रवार स्पष्टीकरण सोधेको छ। सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै शनिवार अनलाइनमार्फत भएको निर्वाचनमा एनओसीमा आबद्ध २० संघका‌ प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचनमा भाग लिए वा नलिएका सबै संघलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन […]

January 3, 2025

इन्डो नेपाल भलिबल – एपिएफको संघर्षपूर्ण जित

सुमन अधिकारी,बुटवल एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । प्रतियोगिताको तेस्रो दिन शुक्रवार एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३-२ ले पराजित गरेको हो । चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल […]

January 3, 2025

इन्डो नेपाल भलिबलमा आयोजकको पहिलो जित

सुमन अधिकारी, बुटवल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको […]

January 2, 2025

सभापति कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा अर्को महिना सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ १० गतेदेखि हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी गरि १० पुरुष टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार […]

January 2, 2025

मणीमुकुन्दको जित, एपिएफ र गल्कोटबिचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तरगत बुधवार तय गरिएका ३ खेल मध्ये २ खेल मात्र सम्भव भएको छ। चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएका कारण एपिएफ र गल्कोट भलिबल क्लबबिचको खेल स्थगित गर्नु परेको आयोजकले जनाएका छन् । एपिएफ र गल्कोटबिच चौथो सेट खेल्ने […]

Success

Thank you for your time.