default_image

lokpriya

January 8, 2025

इन्डो नेपाल भलिबल – पुलिसले आर्मीसँग फाइनल खेल्ने

सुमन अधिकारी,बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलमा एकअर्कासँग भेट पक्का गरेका हुन् । आज आर्मीले सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, […]

January 7, 2025

गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]

January 7, 2025

पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]

January 7, 2025

इन्डो नेपाल भलिबल – पुलिस फाइनलमा

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा पुगेको छ । मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई संघर्षपूर्ण खेलमा हराउँदै फाइनलमा पुगेको हो । पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेटमा २५–२७ ले गुमाएपनि दोस्रो सेट २५ – […]

January 7, 2025

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

January 7, 2025

एसी मिलानलाई इटालियन सुपरकप

एजेन्सी – एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको छ। टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलमाले एसी सोमवार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको हो । साउदी अरेबियाको रियादमा भएको खेलमा साविक विजेता इन्टरले २-० गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे। मेहदी टारेमीको ४७ […]

January 6, 2025

एनकेएल खेल्न विदेशी खेलाडी आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओउन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट ५ जना खेलाडी आइसकेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टोलीले सम्हाल्नेछन्। […]

January 6, 2025

धर्मश्री शारीरिक सुगठन चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ । धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा […]

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]

January 6, 2025

रश्मिको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मिकुमारी घिसिङको ४ गोलमा एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई सहजै हराएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एपिएफले वालिङमाथि ९-० को सहज जित निकालेको हो । एपिएफले अन्तिम चरणमा लगातार दोस्रो जित हात पारेको हो । एपिएफलाई फराकिलो जित दिलाउँन रश्मिले ४, सरु लिम्बु र […]

Success

Thank you for your time.