January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले अत्यन्त रोमाञ्चक खेलमा काठमाडौं माभरिक्सलाई ४४-४३ को झिनो अन्तरमा हरायो। विराटनगर लगातार दोस्रो जित दर्ज गर्न सफल भयो।राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा विराटनगरले उत्कृष्ट सुरूवात गर्यो। ६-२ को अग्रता रहँदा पहिलो पटक अल आउट गर्दै १०-२ को अग्रता बनायो। […]
January 19, 2025
सुमन अधिकारी, बुटवल भैरहवामा जारी ‘ए’ डिभिजनको रुपन्देही सुपरलिग क्रिकेटमा आइतवार मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले जेआर क्रिकेट क्लबलाई पराजित गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआर क्रिकेट क्लब ६२ रनमा अल आउट भएको थियो।६३ रनको लक्ष्य पाएको मेलवर्नले विकेट नगुमाई पूरा गरेको हो ।मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]
January 19, 2025
मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]
January 19, 2025
हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]
January 19, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई ३५-२४ हराउँदै विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार दोस्रो खेलको सुरुवात प्रतिस्पर्धात्मक भए पनि सहिद अन्सारीको सुपर रेडसँगै जनकपुरले ७-५ को अग्रता बनायो। लगतै च्याफोन कामुन्नेको अर्को सुपर रेडमा जनकपुर १०-५ ले अगाडि बढ्यो। यसपछि हिमालयनलाई अल […]
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]