default_image

lokpriya

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

January 23, 2025

देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]

January 23, 2025

जनकपुर नाइट्सको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार चौथो जित दर्ज गर्न सफल भएको छ। जनकपुरले बिहीवार दोस्रो खेलमा पोखरालाई ३६-२९ को नतिजामा हरायो। पोखराको यो लगातार चौथो हार हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दोस्रो खेल कम स्कोरको भयो। पहिलो हाफमा जनकपुरले १८-१३ को अग्रता बनायो। १८ […]

January 23, 2025

घनश्यामको प्रभावशाली प्रदर्शनमा काठमाडौं माभरिक्सको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा घनश्याम रोक्का मगरको प्रभावशाली प्रदर्शनमा धनगढी वाइल्ड क्याट्सलाई ५१-३६ को सहज नतिजामा हराउँदै काठमाडौं माभरिक्सले तेस्रो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा काठमाडौंले पुरै खेल अवधिभर दबाब बनाउँदै सहज जित निकाल्न सफल भएको हो। पहिलो हाफमा दुई […]

January 23, 2025

भैरहवामा क्यान युथ कप हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]

January 23, 2025

चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सभापति कप २०८१ अन्तर्गत ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड पहिलो खेलमै संकटा फुटबल क्लब सँग पराजित भएको छ । दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा संकटाले चर्च ब्वाइजलाई ३-० ले पराजित गरेको हो । संकटाको जितमा अबेकाह रिचार्डले २ तथा चन्दन दासले १ गोल गरे । पहिलो हाफको २१ औं […]

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे । ४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, […]

January 23, 2025

रियलको सहज जित

एजेन्सी- साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियललेसाल्सबर्गलाई ५-१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले‌१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो। एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं […]

January 22, 2025

एनकेएलमा धनगढीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई हराउँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हासिल गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधवार धनगढी ३८–३३ ले विजयी भएको हो। पहिलो हाफमै धनगढीले २३–१२ को फराकिलो अग्रता लिएको थियो। धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, २ अलआउटबाट ४ र बोनसबाट […]

January 22, 2025

सूर्य नेपाल वेस्टर्न ओपन- पहिलो दिन निरज शीर्षस्थानमा

पोखरा (हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको २५ औं‌ संस्करणको पहिलो दिन बुधवार निरज तामाङ दुई स्ट्रोकको अग्रता बनाउँदै शीर्षस्थानमा रहेका छन् । ४-अन्डर ६५ को स्कोरमा निरजले युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारे। पोखराको हिमालयन गल्फ कोर्समा उत्कृष्ट सुरुवात गर्दैनिरजले बोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो र चौथो होलमा एक-एक […]

Success

Thank you for your time.