May 11, 2025
एजेन्सी – एस्टन भिल्लाले युइएफए च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावनालाई बलियो बनाएको छ। एएफसी बोर्नमाउथमाथि शनिवार १-० को जित निकाल्दै भिल्ला आशा बलियो पार्यो । ओली वाट्किन्स प्रिमियर लिगमा एस्टन भिल्लाका सर्वाधिक गोलकर्ता बनेका छन् । वाट्किन्सले पहिलो हाफको इन्ज्युरी समयमा मोर्गन रोजर्सको क्रसलाई गोलमा परिणत गर्दै क्लबका लागि आफ्नो ७५औं प्रिमियर लिग गोल […]
May 10, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले साउथह्याम्प्टनसँग बराबरी खेलेपछि युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ । साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिवारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन। चोटपछिको फर्किएका एर्लिङ हालान्डले निराशाजनक प्रदर्शन गरे। साउथह्याम्प्टनले २००७/०८ को सिजनमा डर्बी काउन्टीले बनाएको न्यूनतम ११ अंकको कीर्तिमान पार गर्दै एक अंक जोड्यो। […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा भएको छ । नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल पुलिस क्लबका मिडल ब्लकरद्धय सफल विश्वकर्मा र रविन नगरकोटीलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल युथ स्पोर्ट्स क्लब जापानले पोखरामा यसै साता सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता दौरान घाइते भएका सफल र रविनलाई हौसला स्वरुप आर्थिक […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा बहराइनले नेपाललाई ४२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेट गुमाएर ४१ रन जोड्यो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा नटआउट ३४ रन बनाइन् । उनले […]
May 10, 2025
पोखरा (हाम्रो खेलकुद)- नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलकै विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । […]
May 9, 2025
ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्। राष्ट्रिय सहकारी महासंघको आयोजना तथा प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले ९ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बने। रुपेशले १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बिमा तथा नगद ४० हजार रुपैयाँसहित […]
May 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को सन् २०२५ का लागि डेड अर्ब भन्दा बढीको बजेट अनुमोदन गरेको छ। काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रवार भएको नियमित साधारण सभाले १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको छ। यो गत वर्षको भन्दा बढी रकम हो। गत वर्षको फिफा र […]
May 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा हुने नवौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो । नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ […]
May 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो । नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड […]