default_image

lokpriya

January 29, 2025

दोस्रो क्वालिफायरमा काठमाण्डौ र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा आज काठमाण्डौ माभरिक्स र विराटनगर ब्यान्डिट्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल प्रवेशको लागि दुवै टिमको लागि यो अन्तिम मौका हो। विराटनगर पहिलो क्वालिफायरमा जनकपुर नाइट्ससँग ३४-३२ को झिनो अन्तरमा पराजित भएको थियो। विराटनगर लिग चरणमा कुल २१ अंक बनाएर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको […]

January 29, 2025

उपाधिको लागि अपराजित एपिएफको सामना पुलिसले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लबको सामना आज नेपाल पुलिस क्लबले गर्दैछ। जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो। एपिएफ रवाफिलो प्रदर्शनले यस पटक पनि उपाधिको मुख्य दाबेदारको रुपमा रहेको छ। लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपिएफ […]

January 28, 2025

बिर्तामोड र भद्रपुर अन्तरपालिका क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकादोस्रो झापा जिल्ला अन्तरपालिका पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजना जारी प्रतियोगितामा आजको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १ सय ९८ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले २ सय ५२ रन बनाएको […]

January 28, 2025

सरस्वती राइजिङ भरतपुर गोल्ड कपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवन नेपाल पुलिस क्लबलाई‌ सडन डेथमा हराउँदै सरस्वती युथ क्लब मंगलवार मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलको निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ६२ औं मिनेटमा कप्तान अनुप लिम्बुको उत्कृष्ट हेडर गोलमा पुलिसले अग्रता लिएको थियो । खेलको अन्तिम समयमा […]

January 28, 2025

एनआरटीलाई हराउँदै बागमती सभापति कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक टोली बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा ए डिभिजन टोली एनआरटीलेलाई पेनाल्टी सुट आउटमा ४-२ ले हराउँदै बागमती उपाधि नजिक पुगेको हो। निर्धारित समय २-२ को बराबरीपछिको‌ टाइब्रेकरमा बागमतीले बाजी मारेको हो । पहिलो हाफमा लिएको २-० को अग्रतालाई जोगाउन नसकेपछि बागमतीले जितेका […]

January 28, 2025

टाइगर कप भलिबल – आर्मीसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद)- पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले […]

January 28, 2025

नव ज्योति च्यालेन्ज कप अर्को साता सुरु हुने

हिमाल खरेल, बिर्तामोड अर्को साता सुरु हुने आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएकोप्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माविको खेलमैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताए । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर […]

January 28, 2025

रुपेश र सिन्दिरा शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- हेटौंडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवालले शीर्षतालाई कायम राखेका छन्। मंगलवार पाँचौं चरणको समाप्तिमा ४.५ अंक बनाउँदै १ अंकको अग्रता कायम गरेका छन्।  रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्। राजनले २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन […]

January 28, 2025

टाइगर कप भलिबल- गण्डकीसँग एपिएफको‌ हार

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३- १ सेटको जित दर्ता गराएको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट […]

January 28, 2025

टाइगर ग्रुपले र एपिएफसँग पहिलो क्वालिफायर खेल्ने

 काठमाडौं (हाम्रो खेलकुद)- टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली पोखरामट जारी एनसेल पाँचौं टाइगर कप महिला भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित हो । योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र एपिएफ शीर्ष […]

Success

Thank you for your time.