February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]
February 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको राष्ट्रिय च्याम्पियन बुद्धिचाल च्याम्पियन बनेका छ। हेटौंडामा शनिवार सम्म चलेको बुद्धिचालको २५ औं राष्ट्रिय प्रतियोगिता रौतहटका रुपेशले ९ अंक जोड्दै उपाधि जितेका हुन्। यो उनको यो दोस्रो राष्ट्रिय उपाधि हो। चौथो वरियता बाट खेल सुरु गरेका रुपेशले अपराजित रहने क्रममा ७ जित, ४ बराबरी खेले। उनले आफ्नो […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- जनकपुर नाइट्स अपराजित रहँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) च्याम्पियन बनेको छ। नाटकीय फाइनल खेलमा शुक्रवार काठमाडौं माभरिक्सलाई ४५-४१ ले हराउँदै जनकपुर पहिलो संस्करणको विजेता बनेको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा पहिलो हाफमा पूर्णरूपमा जनकपुर नाइट्सले दबाब बनायो। सुरूवात देखि नै खेलमा अग्रता बनायि। ४-२ को […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सातदोबाटोस्थित आफ्नो कार्यकाल भवनमा प्रहरी तैनाथ गरेर सरकारी हस्तक्षेप गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी )ले आरोप लगाएको छ। एनओसीले शुक्रवार विज्ञप्ति जारी गर्दै सरकारी हस्तक्षेपका कारण आजका लागि तय भएको राष्ट्रिय खेलकुद संघहरुसँग छलफल हुन नसकेको जनाएको छ। ‘ पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) बारे वैठकमा छलफल हुने […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबलको पुरुष तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो । पहिलो सेट २५-१४ ले जितेको पुलिसले दोस्रो सेट २२-२५ ले […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ। प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए । एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको […]