March 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा नेपाली महिला फुटबलका दुई व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना गुरुङ र फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ शुक्रबार सम्मानित भएका हुन् । सन् १९९९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी जमुनाले झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट […]
March 8, 2019
एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल फ्रान्सेली क्लब रेन्नेससँग ३-१ ले पराजित भएको छ । रेन्नेसको घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । चौथो मिनेटमा एलेक्स इअोबीले गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । तर पहिलो हाफको चार मिनेट बाँकी रहँदा आर्सनल १० खेलाडीमा सिमित भयो । सोक्राटिस पापास्थापोपोउलस […]
March 8, 2019
एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इटालियन क्लब नेपोलीले सहज जित निकाल्दा इंग्लिस क्लब आर्सनलले लज्जास्पद हार बेहोरेको छ । युरोपा लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा नेपोलीले अष्ट्रियाको साल्जवर्गलाई ३–० ले पराजित गरेको हो । नेपोलीको सहज जितमा अर्कडिउज र फावियनले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा बिहीबार राति भएको […]
March 8, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । मेस्सी ९ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् । मेस्सी गत जुन-जुलाईमा रसियमा भएको विश्वकपपछि राष्ट्रिय टिममा अनुपस्थित रहँदै आएका थिए । रसिया विश्वकपमा जर्ज साम्पोलीको प्रशिक्षणमा अर्जेन्टिनाले मुस्किलले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो । प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग पराजित भएको […]
March 8, 2019
एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज अन्तर्गत भारतले तेस्रो खेल शुक्रबार खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी राँचीमा सुरु हुने छ । सिरिजमा भारतले २-० को अग्रता लिएको छ । तेस्रो खेल जितेको खण्डमा भारतले दुई खेल अगावै सिरीज ३-० ले जित्ने छ । भारत पनि यहि सोचका साथ मैदान […]
March 8, 2019
एजेन्सी – यूईएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले प्रि-क्वाटरफाइनलको पहिलो लेगमा युक्रेनी क्लब डायनामो किएभमाथि सहज जित निकालेको छ । युरोपा लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले ३–० को सहज जित निकालेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज, विलियन र क्यालम हड्सन ओडोईले गोल गरे । एकपक्षीय बनेको खेलमा चेल्सीले […]
March 7, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार भएको च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको चरणको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बाहिरियो । यससँगै पीएसजीको युरोपेली प्रतियोगितामा दावेदारी प्रस्तुत गर्ने सपना चकनाचुर भयो । किलियन एमबाप्पे र नेयमारले पछिल्लो समय पीएसजीलाई युरोपको ठूलो टोलीका रुपमा स्थापित गर्न च्याम्पियन्स लिगमा राम्रो नतिजा ल्याउने बताएका थिए । तर लगातार अर्को […]
March 7, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्व खेलाडी शेन वार्नले मे ३० देखी जुल १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसिय विश्वकप क्रिकेट अष्ट्रेलियाले जित्न सक्ने बताएका छन् । फक्स स्पोर्ट्ससँग कुरा गर्दै वार्नले भनेका छन्,’स्टिभ स्मिथ र डेविड वार्नरको एक सालको प्रतिबन्धका कारण अस्ट्रेलियाले खराब प्रर्दशन गरिरहेको छ । तर यी दुई खेलाडी टिममा […]
March 7, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार डोमालाल रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० ले पराजित गर्दै दाउफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो । दाउफिन्सले अब फाइनल प्रवेशका निम्ति त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । दाउफिन्सले खेलको दुवै हाफमा १-१ गोल गरेको थियो […]
March 7, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेल गुमाउने भएका छन् । काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) का दौरान ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा […]