default_image

lokpriya

March 15, 2019

बार्सिलोना र युनाइटेड खेल्ने, युभेन्ट्सलाई सहज

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र शुक्रबार न्योनमा सम्पन्न भएको छ । ड्रअनुसार क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो भने युनाइटेडले पेरिस सेन्ट जर्मेनको चुनौती पार गरेको थियो । इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्नेछ […]

March 15, 2019

माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमीफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । शहिद रंगशालामा चलानी कुमारी एकानाएकेले दुवै हाफमा १-१ गोल गरेपछि श्रीलंका २-० ले विजयी भयो । पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा श्रीलंकाले अग्रता लिएको थियो । कप्तान एरान्दी लियानागेको फ्रिकिकमा चलानी कुमारीले गोल गर्दै […]

March 15, 2019

ठूलो दुर्घटनाबाट बच्यो बंगलादेश क्रिकेट टिम

एजेन्सी – न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार विहान न्युजिल्याण्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् । अज्ञात समुहले चलाएकोे गोलीमा हालसम्म ९ को मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उक्त मस्जिदमा गालि चलि […]

March 15, 2019

जिरुडको ह्याट्रिकसँगै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडको ह्याट्रिकमा चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । यससँगै चेल्सी समग्रमा ८-० ले विजयी रहयो । खेलको पाँचौ मिनेटमा नै जिरुडले विलियनको कर्नरको सदुपयोग गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्कोस अलोंसोको क्रसमा गोल गर्दै जिरुडले […]

March 15, 2019

नेपालको ओडिआई मान्यताको एक वर्ष : सफलता,चुनौती र संभावना

भुपेन्द्र जिसी, काठमाडौं त्यो खुसी, त्यो क्षण, नेपाली क्रिकेटकै एक महत्त्वपूर्ण उपलब्धि अर्थात गत वर्ष नेपालले आजकै दिन एक दिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त गरेको थियो । गतवर्ष मार्च १५ कै दिन जिम्बावेमा भएको ओडिआई विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्युगिनिलाई ६ विकेटले पराजित गर्दा र अन्य खेलको नतिजा आफू अनुकुल आएपछि पहिलो पटक चार […]

March 14, 2019

नेपाल र बंगलादेश सेमिफाइनलमा, भुटान बाहिरियो

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको हो । समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जन, सावित्रा भण्डारी र […]

March 14, 2019

भुटानमाथि बंगलादेशको संघर्षपूर्ण जित

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ । शहिद रंगशालामा बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दवावमा देखिएको थियो । तर दोस्रो हाफको ४७ अौं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाइन् । खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान […]

March 14, 2019

चोट, संघर्ष अनि डेब्युको खुसी

सुबास हुमागाईं, विराटनगर खेलाडीको जीवनमा चोटका कारण मैदानबाहिर बस्नुजस्तो पिडादायी क्षण सायदै अरु केहि होला । कुनैपनि हारको नतिजामा पिडा हुन्छ तर त्यसलाई बिर्साउन खेलाडीले अर्को मौका पाउँछ । चोट लागेर मैदानबाहिर बस्दा हुने पिडालाई जित्न सुखद पुनरागमनको विकल्प हुँदैन । चोटको पिडाले खेलाडीलाई शारीरिक रुपमा त कमजोर बनाउँछ नै मानसिक रुपमा त्योभन्दा बढी हानी […]

March 14, 2019

बायर्नलाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी – फरवार्ड साडियो मानेले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुल विजयी भएको हो । खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले सुरुवाती गर्त दिलाएका थिए […]

March 14, 2019

मेसी चम्कँदा बार्सिलोनाको फराकिलो जित

एजेन्सी – कप्तान लिओनेल मेसीले दुई गोल र दुई असिस्टसहित शानदार प्रदर्शन गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लियोनलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । समग्रमा ५-१ कै जित दर्ता गरेको बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएपछि बुधबार घरेलु मैदानमा बार्सिलोनाले खेल अवधिभर नै लियोनलाई […]

Success

Thank you for your time.