default_image

lokpriya

April 29, 2019

सावित्रा र अनिता भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्न सोमबार त्यसतर्फ प्रस्थान  गरेका छन् । नेपाल एपिएफका दुवैले सेतु फुटबल क्लबबाट खेल्ने छन् । फागुनमा भारतमा भएको  हिरो गोल्डकप र चैतमा विराटनगरमा भएको साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा क्लबले दुवैलाई एक महिनाका लागि अनुबन्धन गरेको हो […]

April 29, 2019

एपिएफ केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई २५–१६, २५–२० र २५–२६ को सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो।  एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।

April 29, 2019

मनमोहन स्मृति क्रिकेटको सम्पूर्ण तयारी पूरा, विजेतालाई ५ लाख

काठमाडौं (हाम्रो खेलकुद) – बुधबार देखी सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा बैशाख १८ देखी २४ गते सम्म चल्ने छ । […]

April 29, 2019

नर्नवर्ग पेनाल्टीमा चुक्दा बायर्नलाई राहत, उपाधि होड रोमान्चक

एजेन्सी – इन्ज्युरी समयमा नर्नवर्ग पेनाल्टीमा चुक्दा शीर्षस्थानको बायर्न म्युनिख हारबाट जोगिएको छ । जर्मन बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको बायर्न नर्नवर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो । शीर्षस्थानको बायर्न बराबरीमा रोकिएसँगै जर्मन बुन्डेस लिगाको उपाधि होड अझै खुला रहेको छ । बुन्डेस लिगाको तीन चरणको खेल बाँकी रहँदा शीर्षस्थानको बायर्न र […]

April 29, 2019

पुछारको भालेकानोसँग रियल म्याड्रिडको हार

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले खराव प्रदर्शनलाई निरन्तरता दिदा फेरि अर्काे हार बेहोरेको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिड रेलिगेसन जोनको रायो भालेकानोसँग १–० ले स्तब्ध बनेको हो । भालेकानोले खेलको २३औं मिनेटमा एड्रियन इमबार्बाले गरेको पेनाल्टी गोल नै रियललाई पराजित गर्न पर्याप्त बन्यो । जेसस भालेजोले जाभी […]

April 28, 2019

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

म्यानचेस्टर (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा यो सिजन कम्तीमा शीर्ष चारमा पर्ने सम्भावनालाई थप मजबुत बताएको छ । प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँगको खेलमा चेल्सीले १–१ को बराबरी गर्दै अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ । ११ औं मिनेटमा हुवा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । लुके शले दिएको पासमा माटाले गोल गरेका थिए । […]

April 28, 2019

रसेल चम्केपछि कोलकताले बनायो २ सय ३२ रन !

एजेन्सी – आन्द्रे रसेलको विष्फोटक ब्याटिङ र शुभमन गिल र क्रिस लिनको अर्धशतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २ सय ३३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन […]

April 28, 2019

शरद चम्किदा राहुलको ह्याट्रिक खेर

सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी दोस्रो संस्करणको वाई वाई कर्णाली प्रिमियर लिगमा आइतबार सशस्त्र प्रहरी बल (एपीएफ) र मध्य पश्चिम क्रिकेट क्लव विजयी भएका छन् । एपीएफले न्यु होराइजन बुटवललाई ३८ रन र मध्यपश्चिमले लालिगुरास क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० […]

April 28, 2019

सिटी शीर्षस्थानमा, आर्सनलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरको मैदानमा पराजित भयो । बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार […]

April 28, 2019

बेंगलोरलाई हराउँदै दिल्ली ७ वर्षपछि प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो । १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन […]

Success

Thank you for your time.