default_image

lokpriya

April 2, 2019

गोपालको गुगलीमा फसे कोहली र डी भिलियर्स

एजेन्सी- लेग स्पिनर श्रेयस गोपालले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । राजस्थानको घरेलु मैदान जय पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाउन सक्यो । ओपनर पार्थिव […]

April 2, 2019

अभिषेक र देवेन्द्रले मनाङबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले एएफसी कप अन्तर्गत समूह चरणको खेलमा बुधबार अबाहानी ढाकाको सामना गर्दैछ । लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको टोलीमा मनाङले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई टोलीमा समेटेको छ । राष्ट्रिय टोलीका सदस्य देवेन्द्रले ए डिभिजन लिगमा च्यासलको कप्तानी गरेका थिए । त्यसपछि मोफसल फुटबलमा भने […]

April 2, 2019

को हुन् स्याम करन ?

भुपेन्द्र जीसी, काठमाडौं क्रिकेटमा कुनै भर हुँदैन । एकै ओभर, एकै खेलाडी अझ भनौं एकै बल र विकेटले नतिजा बदल्न सक्छ । क्रिकेट विश्वकपलाई सर्वाधिक लोकप्रिय र प्रतिष्ठित प्रतियोगिता मानिन्छ, चाहे त्यो क्रिकेट होस वा फुटबल । विश्वका स्टार खेलाडीको जमघटको थलो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता हो । मार्च […]

Rohit half century

April 2, 2019

रोहितको कप्तानीमा विश्वकप छनोट खेल्ने टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक मुख्य प्रतियोगितामा कप्तानको भुमिका दिइएको छ । यसअघि भारत भ्रमणमा अभ्यासको लागि रोहितलेनै कप्तानी पाएका थिए । मंगलबार घोषणा गरेका […]

April 2, 2019

मनाङले लगाउने केल्मीको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार एएफसी कप अन्तर्गत समूह चरणको खेलमा अबाहानी ढाकाको सामना गर्दैछ । यसै खेलदेखि मनाङले केल्मीको जर्सी पनि प्रयोग गर्ने भएको छ । खेलको पूर्वसन्ध्यामा केल्मीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । समर्थकहरुका लागि भने यो जर्सी केहि सातापछि मात्र उपलब्ध हुनेछ । मनाङ र केल्मीबिच […]

April 2, 2019

‘ दुवै टोली एकै स्तरको ‘ – मनाङ कप्तान विराज

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले ढाका अबहानीको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै मनाङका कप्तान विराज महर्जनले दुवै टोली एकै स्तरको रहेको बताएका छन् । ‘हामीले यसअघि पनि अबाहानीसँग खेलेका छौं । हामीले राम्रो प्रदर्शन गर्दै आएका […]

April 2, 2019

अंकविहिन बेंगलोरलाई ब्याटिङको चिन्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखि राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ । सुरुवाती तीनै खेल हारेका यी दुई टोली पहिलो जितको खोजिमा छन् । आज पराजित हुने टोलीको अघिल्लो चरण निकै कठिन बन्ने […]

April 2, 2019

सर्वाधिक तलब लिने विश्वका शीर्ष ५ फुटबलर

एजेन्सी – विश्व फुटबलमा स्टार खेलाडीहरुको तलब बढ्ने क्रम पछिल्लो समय झन् बढेको छ । क्लबहरुले प्रायोजकबाट पाउने रकम बढेसँगै राम्रो खेलाडी अनुबन्धन गर्न क्लबहरुले पनि खुलेर खर्च गर्न थालेका छन् । नयाँ खेलाडीलाई क्लबमा ल्याउन मात्र हैन, टोलीमा रहेका खेलाडीलाई नै नयाँ सम्झौता गर्दै तलब बढाएर क्लबमा राख्ने कार्य बढ्दो छ । यसक्रममा विश्व […]

April 2, 2019

बार्सिलोनाको नजरमा रियल म्याड्रिडका पूर्वखेलाडी

एजेन्सी – बार्सिलोनाले अग्रपंक्ति सुधार्ने लक्ष्यसहित आउने ट्रान्सफर विन्डोमा एक फरवार्डलाई क्लबमा भित्र्याउने प्रयास थालेको छ । हाल स्पेनिस राष्ट्रिय टोलीमा समेत रहेका फरवार्ड रोड्रीगो मोरेनोलाई क्लबको नजरमा परेका छन् । मोरेनो हाल भ्यालेन्सियाबाट खेलिरहेका छन् । सन् २००९ मा सेल्टा भिगोबाट उनी रियल म्याड्रिड आएका थिए । तर रियलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई […]

April 2, 2019

सन्दीप बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सोमबार राती इन्डियन प्रिमियर लिग अन्तरगत १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात […]

Success

Thank you for your time.