default_image

lokpriya

May 3, 2019

अफ्रिदीले खुलासा गरे आफ्नो वास्तविक उमेर

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो । आधिकारीक रेकर्डमा रहेको जन्म मिति सहि हो वा होइन भन्ने विषयमा समर्थकमाझ निकै चर्चा हुँदै आएका थियो । तर उनले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दै त्यो मतभेद अन्त्य गरेका […]

May 3, 2019

‘खेलाडीको चोटपछिका प्रशिक्षक’

सुबास हुमागाईं, काठमाडौं खेलाडीको करिअरमा कुनैपनि समय चोटपटक लाग्नसक्छ । कहिले खेलाडीको आफ्नै गल्ति त कहिले विपक्षी खेलाडीको गल्तीका कारण चोट लाग्ने गर्दछ । चोटले खेलाडीको करिअरमा निकै ठूलो असर पुर्याउँछ । तर, चोट लागेको अवस्थामा उचित कदम चाल्ने हो भने मैदानमा सुखद पुनरागमन गर्न कठिन भने हुँदैन । नेपालको अवस्थामा ‘स्पोर्ट्स मेडिसिन’ को अवस्था […]

May 3, 2019

लाकाजेटको दुई गोलमा आर्सनलको सहज जित

एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भ्यालेन्सियामाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको सहज जितमा एलेक्जेन्डर लाकाजेटले दुई तथा पिएरे एमेरिक औबामेयाङले एक गोल थपे । भ्यालेन्सियाका मौकटार डियाखावीले एक […]

May 3, 2019

चेल्सीलाई पेड्रोले हारबाट जोगाए

एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ । जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टविरुद्धको खेलमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएको हो । खेल १–१ गोलको बराबरीमा रोकिएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले खेलको २३औं […]

May 3, 2019

सुपर ओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा

एजेन्सी –मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ । सुपर ओभरमा ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गर्यो । ओपनर हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का प्रहार गरे । दोस्रो बलमा १ रन लिए र स्ट्राइक काइरन पोलार्डलाई दिए ।तेस्रो बलमा पोलार्डले दुई […]

May 3, 2019

हैदरावाद र मुम्बईबीचको खेल सुपर ओभरमा

एजेन्सी – मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल सुपर ओभरमा पुगेको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक एक रन […]

May 2, 2019

मञ्चले भोम्जनलाई सम्झियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेलपत्रकार सुमन भोम्जनको स्मृति दिवस मनाएको छ । काठमाडौंको त्रिपुरेश्रस्थित मञ्चको केन्दीय कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी भोम्जनको स्मृति दिवस मनाएको हो । २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा परि भोम्जनको निधन भएको थियो । तर, उनको शव बैशाखको १९ गते मात्र फेला परेको थियो […]

May 2, 2019

यू १६ क्रिकेटमा प्रदेश ३ र ७ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन स्मृति क्रिकेट सेन्टरको आयोजनामा जारी अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार प्रदेश ३ र ७ विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्यो । दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर […]

May 2, 2019

आर्मी मेची नेत्रालय गोल्डकपको फाइनलमा , नवयुगको २ गोल

झापा (हाम्रो खेलकुद)– मेची नेत्रालय गोल्ड कप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । झापा काकरभिट्टतको मैदानमा बिहीबार दीप लामाको निर्णायक गोलमा रुस्लान थ्रीस्टार क्लबलाई ३–२ ले हराउँदै आर्मीले पुलिससँगको भेट पक्का गरेको हो । आर्मी तेस्रो पटक मेची नेत्रालय गोल्डकपको फाइनलमा […]

May 2, 2019

खेलकुद मन्त्रीलाई कप्तान पारसको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि पहल गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् । नेपाली क्रिकेट टोली, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई […]

Success

Thank you for your time.