default_image

lokpriya

February 3, 2019

रोनाल्डोको दुई गोल तर, युभेन्टसले जित्न सकेन

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पार्मासँग ३–३ गोलको बराबरी खेलेको छ । युभेन्टसका लागि अर्को गोल ड्यानियल रुगानीले थपे । पार्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रोनाल्डोल गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० […]

February 3, 2019

मेस्सीले बार्सिलोनालाई हारबाट जोगाए

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दै क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँगको हारबाट जोगाएका छन् । ला लिगा अनतरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल […]

February 3, 2019

डर्टमन्ड रोकिँदा बायर्नको हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा साविकको विजेता बायर्न म्युनिखले हार बेहोरेको छ । बोरुसिया डर्टमन्ड घरेलु टोली फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिदा बायर्नले बायर लिभरकुसेनसँग ३–१ को हार बेहोरेको हो । फ्रान्कफर्टको घरेलु मैदानमा डर्टमन्डले खेलको २२औं मिनेटमा मार्काे रिउसको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले राफायल गुरेरोको […]

February 2, 2019

एपीएफ एक खेल अगावै ढोरपाटन महिला भलिबल च्याम्पियन

काठमाडौं घरेलु महिला भलिबलको सबैभन्दा सफल टोली विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको एक एक अगावै च्याम्पियन बनेको छ । दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा एपीएफ एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफ ढोरपाटन महिला डबल […]

February 2, 2019

रुस्लान डीपीएलको पहिलो खेलमा करण र सोमपाल भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता माघ २६ गतेदेखि फाप्ला क्रिकेट मैदानमा हुनेछ । शनिवार सार्वजनिक भएको तालिका अनुसार उद्धघाटन खेल सोमपाल कामी कप्तान रहेको धनगढी स्टार्स र करण केसी मार्की खेलाडी रहेको विराटनगर किंग्सले खेल्ने छन् । सबै टिमले एक अर्कासँग […]

February 2, 2019

नेपाललाई सिरिज बराबरीमा पुर्याउन नायक बनेका तीन खेलाडी

दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्धको तीन टि–२० श्रृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । १ सय ८ रनको लक्ष्य पक्ष्याएको नेपालले ६ विकेट गुमाउँदै ३ बल बाँकी रहँदा पुरा गर्यो । यस जितसंगै ३ खेलको श्रृंखला १–१ को बराबरीको स्थितिमा पुगेको छ । आईतबार निर्णायक तथा तेस्रो खेल हुने छ । विजेता […]

February 2, 2019

इटहरी गोल्डकपः आर्मी दोस्रो उपाधि जित्ने दाउमा, मनाङ पहिलो उपाधिको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई चर्चित सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लब मदन भन्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार आमने–सामने हुदैछन् । आर्मी र मनाङबीचको खेल शनिबार दिउसो २ बजेपछि इटहरी रंगशालामा सुरु हुनेछ । यस्तोमा आर्मी यो सिजन दोस्रो उपाधिको खोजीमा रहँदा लिग च्याम्पियन मनाङ मोफसलमा पहिलो […]

February 1, 2019

बार्सिलोना र रियल सेमिफाइनलमै भिड्ने

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा दुई चिर प्रतिद्धन्द्धी क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ । स्पेनिस कोपा डेल रेले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार बार्सिलोना र रियलबीच (एल क्लासिको) सेमिफाइनलमै हुने भएको हो । अर्काे सेमिफाइनलमा रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ । बार्सिलोना यसअघिको लगातार […]

default_image

February 1, 2019

दीपेन्द्रको शानदार ब्याटिङ, बने म्यान अफ द म्याच

सुबास हुमागाईं, दुबई युवा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध दोस्रो ट्वान्टी-२० खेलमा शानदार ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जित दिलाए । दिपेन्द्रको उत्कृष्ट ब्याटिङसँगै नेपालले ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ । खेलको सातौं ओभरमा तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले विजयी सट प्रहार गर्दै टोलीलाई जित दिलाए । […]

February 1, 2019

पुलिसमाथि आर्मीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद ) – राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लमाथि रोमाञ्चक जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा आर्मीले पुलिसमाथि ३–२ को प्रतिस्पार्धात्मक र रोमाञ्चक जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको […]

Success

Thank you for your time.