default_image

lokpriya

May 8, 2019

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा, बार्सिलोना स्तब्ध

लिभरपुल (एजेन्सी)– दोस्रो लेगमा अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले हराएपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो लेग ३–० ले गुमाएको लिभरपुलले घरेलु मैदानमा बार्सिलोनामाथि जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरमा अन्तिम दुईको यात्रा तय गरेको हो । यससंगै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ […]

May 7, 2019

मुख्यमन्त्री रनिङशिल्ड– भलिबलमा रुपन्देहीका दुवै टोली फाइनलमा

दिपक न्यौपानेबुटवल– पहिलो मुख्य मन्त्री रनिङ शिल्ड प्रतियोगितअन्तर्गत पुरुष भलिबलको फाइनलमा रुपन्देही र नवलपरासी भिड्ने भएका छन् । सेमिफाइनलमा मंगलबार रुपन्देहीले बाँकेलाई र नवलपारासीले पाल्पालाई समान ३–० को सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । महिला भलिबलको उपाधिका लागि रुपन्देही र दाङबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा रुपन्देहीले रोल्पालाई र दाङले पाल्पालाई समान […]

May 7, 2019

चेन्नईलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

एजेन्सी – मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ । मंगलार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो । मुम्बईले १ सय ३२ रनको सामान्य विजयी लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको […]

May 7, 2019

सिन्धु गोल्डकपमा आर्मी स्तब्ध

लामोसाँघु (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लब चौथो सिन्धु कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्तब्ध भएको छ । सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा आयोजक युथ स्पोर्टस् क्लबसँग २ – १ ले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक टोलीको जितमा सुग्रित मगर र सुरेश खत्रीले […]

May 7, 2019

फाइनल पुग्न मुम्बईलाई सामान्य लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३२ रनको समान्य लक्ष्य दिएको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका […]

May 7, 2019

सावित्रा भन्छिन् – ‘लिग जिताउने लक्ष्य छ ‘

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले सोमबार इन्डियन वुमन्स लिगमा डेब्यु गरिन् । सेथु फुटबल क्लबको लागि खेल्दै सावित्राले पहिलो खेलमा नै ४ गोल गर्दै उत्कृष्ट सुरुवात दिलाइन् । मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध लिगको पहिलो खेलमा सेथुले ६-४ को जित दर्ता गर्दा सावित्रा प्लेयर अफ द म्याच घोषित भइन् […]

May 7, 2019

बनेपा, चाबहिल र ट्रिटन विजयी

काभ्रे (हाम्रो खेलकुद) – बनेपा स्पोर्टस् सेन्टर, चाबहिल स्पोर्टस् क्लब र ट्रिटन कलेज काठमाडौंमा काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा मंगलबार भएको खेलमा बनेपा स्पोर्टस् सेन्टरले सनराइज फुटबल क्लब काभ्रेलाई १–० ले पराजित गेको हो । बनेपाको जितमा स्टेभनले खेलको २१औं मिनेटमा गरेको गोल […]

May 7, 2019

‘साफ बाहिरका देशसँग नियमित खेल्नुपर्छ ‘ – प्रशिक्षक कालीन

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मंगलबारदेखि दुई मैत्रीपूर्ण खेललाई लक्षित गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले सेप्टेम्बरदेखि सुरु हुने विश्वकप छनोटमा एसियाका ठूला टोली जापान, दक्षिण कोरिया, इरान लगायत टोलीसँग पनि खेल्नुपर्नेछ । नेपाली […]

May 7, 2019

टीयू मैदानमा अमेरिका र ओमानसँग सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा […]

May 7, 2019

फाइनलमा स्थान बनाउन चेन्नई र मुम्बई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईको घरेलु मैदान एमए चिदम्बरम मैदानमा सुरु हुनेछ । यो सिजनको आईपिएलमा यस अघि लिगका दुवै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको थियो । चेन्नई घरेलु मैदानमा ४६ […]

Success

Thank you for your time.