default_image

lokpriya

February 27, 2019

सन्दीपको अविश्वसनीय बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्सबाट खेलिरहेका उनले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले जितका लागि लाहोरलाई १ सय ७ रनको लक्ष्य दिएको छ । चौथो ओभरमा […]

February 27, 2019

रुस्लान थ्री स्टार आहा गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले विभागीय टोली नेपाल एपीएफक्लबलाई टाइब्रेकरमा पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । थ्री स्टार टाइब्रेकरमा ४-२ ले विजयी रहयो । पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण […]

February 27, 2019

कप्तान रुविनाको ह्याट्रिकसँगै नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्रीको ह्याट्रिकसँगै अलराउन्ड प्रदर्शनमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन […]

February 27, 2019

पीएसजीको कप डे फ्रान्सको सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई पराजित गर्दै कप डे फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ । स्टार खेलाडी नेयमार, एडिन्सन काभानी र किलियन एमबाप्पेबिना उत्रिएको पीएसजीका लागि एन्जल डी मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि टोली ३-० ले विजयी रहयो  । डी मारियाले खेलको आठौं मिनेटमा उत्कृष्ट चिप प्रहार गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । […]

February 26, 2019

सेमिफाइनलमा रुस्लान थ्री स्टार र एपीएफ भिड्ने, आर्मीको प्रतिद्वन्द्वी दाउफिन्स

काठमाडौं (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । मंगलबारको अन्तिम क्वाटरफाइनलमा दाउफिन्सले नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । दाउफिन्सले अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले हिमालयन शेर्पा क्लबलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको […]

February 26, 2019

दाउफिन्ससँग पुलिसको लगातार हार

पोखरा (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार पराजित भएको विभागीय नेपाल पुलिस क्लबले मंगलबार आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फुटबल फ्यामिली क्यामरुनको टोलीसँग फेरि हार बेहोरेको छ । पुलिसले तिलोत्तमा गोल्डकपको फाइनलमा दाफिन्ससँग सडनडेथमा हारेको थियो । पोखरा रंगशालमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिस अतिरिक्त समयमा दाफिन्ससँग २–१ ले पराजित […]

February 26, 2019

बुटवल र धरानमा जित्नासाथ नगद, पोखरामा अझै उधारो

काठमाडौं (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकपको २१ औ संस्करणको विजेता दाउफिन्सले सोमबार फाइनल खेल जितेपछि पुरस्कार राशी नगद मै पाएको छ । प्रतियोगिता आयोजक रुपन्देही जिल्ला फुटबल संघले विजेतालाई ८ लाख ८० हजार रुपैयाँ नगद नै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी(कुमार)ले जानकारी दिए । यसअघि पोखरामा सञ्चालन भएको मनकामना केबुलकार पोखरा कप […]

February 25, 2019

अन्तिम खेलमा एन्फा यू-२१ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रतिनिधित्व गर्दै भारतको गुहावटिमा जारी डा.ता एओ अन्तराष्ट्रिय फुटबल प्रतियोगितमा सहभागिता जनाएको एन्फा यू-२१ टोलीले अन्तिम खेलमा नागाल्यान्डलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । एन्फाको जितमा कप्तान अभिषेक रिजाल र रेजिन सुब्बाले २-२ गोल गरे । खेलको दोस्रो मिनेटमा नै रेजिन सुब्बाको गोलमा एन्फाले अग्रता लिएको थियो । […]

February 25, 2019

नेपालले चीनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर […]

February 25, 2019

प्रशिक्षकले परिवर्तन गर्न खोज्दा गोलरक्षकले मैदान छाड्न नमानेपछि..

एजेन्सी – इंग्लिस लिग कप अन्तर्गत आइतबार म्यानचेस्टर सिटीले चेल्सीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै उपाधि जित्यो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा टाइब्रेकर सुरु हुनुभन्दा केहि बेर अगाडी निकै आश्चर्यजनक घटना घट्यो । चेल्सीका गोलरक्षक केपा अर्रिजबगालाले नियमित खेल अवधिमा […]

Success

Thank you for your time.