default_image

lokpriya

April 12, 2019

बायर्नको प्रशिक्षणमा लेवान्डोस्की र कोमानको कुटाकुट

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ । बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर […]

April 12, 2019

बेन्फिका र भ्यालेन्सियालाई सफलता

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् । पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो । बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक […]

April 12, 2019

आर्सनलले नेपोलीलाई हरायो

एजेन्सी – युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा […]

April 12, 2019

चेन्नईको रोमान्चक जितमा धोनीको कीर्तिमान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको […]

April 12, 2019

प्रागमाथि चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले स्लाभिया प्रागमाथि संघर्षपुर्ण जित निकालेको छ । इडेन इरिना प्राहामा आइतबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमाथि उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । चेल्सीको जितमा खेल सकिन ४ मिनेट बाँकी रहँदा मार्काेस अलोन्सोले गरेको गोल नै निर्णायक बन्यो । […]

April 11, 2019

चेन्नईलाई मध्यम लक्ष्यसँगै धोनी कीर्तिमाननजिक

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २५ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित […]

April 11, 2019

रियलले बेललाई रोजेको क्लबमा जान दिने

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले गेराथ बेलका एजेन्ट जोनाथन बर्नेटलाई आउने समरमा उनलाई विक्रि गर्न लागेको जानकारी गराएको छ । यद्दपी क्लबले उनको सम्मानका लागि आफु जान चाहेको कुनै क्लब छ भने त्यसका लागि क्लबले सहज वातावरण बनाउने बताएको छ । दोस्रो पटक क्लबको प्रशिक्षण सम्हालेका जिनेदिन जिदानले समर ट्रान्सफर विन्डोमा झन्डै ५ सय […]

April 11, 2019

‘तपाईंले काटेको टिकट खेर जाने छैन’ – धुर्मुस

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गर्न लागेको मैत्रीपूर्ण क्रिकेट ‘मातृभूमि कप’ को तयारी अन्तिम चरणमा पुगेको छ । चैत ३० गते शनिबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा दुई खेल हुनेछन् । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच […]

April 11, 2019

यू१९ विश्वकप छनोट : बलियो नेपाल, अपरिचित प्रतिद्वन्द्वी

भुपेन्द्र जिसी, काठमाडौं आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु हुँदैछ । ६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । राष्ट्रिय […]

April 11, 2019

महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरण खेलेर बिहीबार स्वदेश फर्केको छ । म्यानमारमा छनोटका ३ खेल खेल्दै नेपाली टोली फर्केको हो । चार टोलीको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गरेको थियो । आयोजक म्यानमार ओलम्पिक तेस्रो चरणका लागि छनोट भएको छ । नेपालले […]

Success

Thank you for your time.