default_image

lokpriya

April 16, 2019

आर्सनल चौथो स्थानमा उक्लियो

एजेन्सी – वाटफोर्डमाथि कठिन जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ । वाटफोर्डको मैदानमा सोमबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको वाटफोर्डमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । खेलको १०औं मिनेटमा पिएरे इमरिक औबामियाङले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । त्यसलगत्तै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । […]

April 16, 2019

बेन्जेमाको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – जारी सिजन खराब लयमा गुज्रिरहेको स्पेनिस महारथी रियल म्याड्रिडले अर्काे बराबरीको नतिजा निकालेको छ । फरवार्ड करीम बेन्जेमाको गोलमा रियल हारबाट जोगिएको हो । स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड लेगानेससँग १–१ को बराबरीमा रोकिएको हो । खेलभर रियलले लेगानेसलाई दवावमा राखेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । […]

April 16, 2019

हार्दिकको अलराउन्ड प्रदर्शनसँगै बेंगलोर पराजित

एजेन्सी – हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई […]

April 15, 2019

बक्सिङ : विमला र पुनमलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ । २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए । खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा […]

April 15, 2019

बुद्धिचालमा सुजना अगाडि

बार्दिया (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालको महिलातर्फ छैटौं चरणको समाप्तीमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले अग्रता लिएकी छिन् । सुजना ६ अंकका साथ शीर्षस्थानमा छिन् । प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । पुरुषतर्फ ६ चरणको खेल समाप्तिसम्म नेपाल प्रहरीका पुरुषोत्तम […]

April 15, 2019

सन्दीप आईपीएलको इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । हालसम्म ३० खेल सकिँदा अंक तालिकामा चेन्नई शीर्षस्थानमा छ । हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट […]

default_image

April 15, 2019

गल्फको पहिलो दिन टंक अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा हरेका छन् । उनले ५ अन्डर ६७ स्कोर गर्दै अर्का दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारे । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर […]

April 15, 2019

ब्याडमिन्टनको टिम इभेन्ट्समा एपिएफ र आर्मीलाई स्वर्ण

घोराही (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा विभागिय टोलीले सफलता हासिल गरेका छन् । टिम इभेन्ट्सको महिलामा एपिएफ र पुरुषमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक जिते । सेमिफाइनलमा सुदूरपश्चिम […]

April 15, 2019

नेपालगन्ज रंगशालाको निर्माणाधीन प्याराफिट (फोटोफिचर)

सुबास हुमागाईं, नेपालगन्ज आठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह वैशाख ५ गते नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । उद्घाटन समारोह नजिकिंदै गर्दा प्याराफिट निर्माणको कार्य द्रुत गतिमा अगाडी बढेको छ । रातको समयमा पनि बत्ति बालेर निर्माण कार्य अगाडी बढाइएको छ । रंगशाला परिसरमा निर्माणकार्य यसरी सम्पन्न भइरहेको छ : रंगशालाबाट स्थलगत भिडियो रिपोर्ट :

April 15, 2019

नेपालको सहज जितमा नायक ३ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको सहज जित हात पारेको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । त्यस अघि नेपालको कसिलो बलिङमा मलेसिया ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो […]

Success

Thank you for your time.