default_image

lokpriya

March 6, 2019

पीएसजी र म्यानचेस्टर युनाइटेड खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज राति १ः४५ बजेपछि हुनेछ । पहिलो लेगमा पीएसजीले २–० को अग्रता बनाएको छ । सोही अग्रतालाई पीएसजी निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । पीएसजीका महँगा खेलाडीको नेयमारको अनुपस्थितिमा […]

March 6, 2019

असफल मोफसल !

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै ५ वर्षको अन्तरालपछि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्यो । रेलिगेसन नहुने अवधारणामा गरिएको शीर्ष श्रेणीको लिगको सम्पूर्ण खेल नसकिंदै राजधानी बाहिर मोफसलका प्रतियोगिता सुरु भइसकेका थिए । कतिपय क्लबका खेलाडीले लिगको अन्तिम चरणका खेल छाडेर मोफसलका प्रतियोगितातर्फ पनि हान्निए । मोफसलमा प्रतियोगिता […]

March 6, 2019

मनाङले केल्मीको सामाग्री प्रयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली सिग्नेचर मनाङ मर्स्याङदी क्लबले खेलकुद पोशाक कम्पनी केल्मीको सामाग्री प्रयोग गर्ने भएको छ । राजधानीमा बुधबार मनाङ मर्स्याङदी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङ र केल्मीका लागि नेपालको अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदिप न्यौपानेले सम्झौता पत्र आदान प्रदान गरे । सम्झौताअनुसार मनाङले तीन […]

March 6, 2019

रोहित र आरिफ एनसीसी बैंकको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडीद्वय रोहित कुमार पौडेल र आरिफ शेख नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी) को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । बैंकले युवा खेलाडीद्वय रोहित र आरिफलाई दुई वर्षको लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने र खेलाडीहरु स्वयंले […]

March 6, 2019

रुस्लान थ्री स्टार झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – गोलरक्षक एलन न्यौपानेले टाइब्रेकरमा नेपाल पुलिस क्लबका सुरुवाती दुई प्रहार विफल पारेपछि रुस्लान थ्री स्टार क्लब टाइब्रेकरमा ३-० ले विजयी हुँदै मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको सहाराबाट लिइएको थियो । […]

March 6, 2019

कोहलीको शतकसँगै अष्ट्रेलिया पराजित

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो एकदिवसिय खेलमा घरेलु टोली भारतले रोमान्चक जित निकालेको छ । मंगलबार रातीको खेलमा भारत ८ रनले विजयी भएको छ । भारतले प्रस्तुत गरेको २ सय ५१ रनको लक्ष्य पक्ष्याएको पाहुना टोली अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै २ सय ४२ रनमा समेटियो । अष्ट्रेलियालाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । […]

March 6, 2019

रियलको मैदानमा ४-१ को जितसँगै आयाक्स क्वाटरफाइनलमा

एजेन्सी – डच क्लब आयाक्सले रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै ४-१ को जित दर्ता गरेपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समग्रमा ५-३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो । पहिलो लेगमा २-१ ले पछाडी परेको आयक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको […]

March 5, 2019

सन्दीपको खराब प्रर्दशनसँगै लाहोर पराजित

एजेन्सी – पाकिस्तान प्रिमियर लिग(पीएसएल) अन्तर्गत मंगलबारको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पेशावर जाल्मीसँग ४ विकेटले पराजित भएको छ । १ सय २५ रनको सामान्य लक्ष्य पेशावरले १ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो । पेशावारको जितमा मिस्बाह उल हकले उत्कृष्ट ब्याटिङ गरे । हकले ५५ बलमा ४ चौका र […]

March 5, 2019

सन्दीप बने वर्षका उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । सन्दीपले उपाधिसँगै १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे । सन्दीपले अवार्ड जित्ने क्रममा कप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछाडी पारे । खेलाडीहरुको अघिल्लो वर्षदेखि […]

March 5, 2019

सितालाई वर्षको महिला उत्कृष्ट खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सीता रानामगरले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ को उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छिन् । अवार्डसँगै सीताले ६६ हजार रुपैयाँ प्राप्त गरिन् । सीताले अवार्ड जित्ने क्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबसे, करुणा भन्डारी, इन्दु बर्मा र सरिता मगरलाई पाखा लगाइन् । महिला टोलीले पछिल्लो महिना थाइल्यान्डमा भएको […]

Success

Thank you for your time.