May 18, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपाल गल्फ संघले एमेच्योर खेलाडी भएर पनि प्रो. गल्फ जित्ने तीन एमेच्योर गल्फरलाई शनिबार नगदसहित सम्मानित गरेका छन् । संघले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन एमेच्योर गल्फर शुक्र बहादर राई, टंक बहादुर कार्की र सुवास तामाङलाई नगदसहित सम्मानित गरेको हो । शुक्र र टंक जनही ५०–५० हजार रुपैया नगदसहित सम्मानित हुदा […]
May 18, 2019
एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार सातौं पटक जर्मन बुन्डेसलिगा उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा बायर्नले आइनट्राक्ट फ्रान्कफर्टलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि पक्का गरेको हो । शनिबारै भएको अर्को खेलमा बोरुसिया डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडबाकमाथि २-० को जित दर्ता गरेपनि उपाधि होडमा दोस्रो स्थानमा रहयो । बायर्नले लिगको ३४ […]
May 18, 2019
एजेन्सी – जुनको तेस्रो सातादेखि ब्राजिलमा सुरु हुने कोपा अमेरिकामा १२ देशको सहभागिता रहेको छ । दक्षिण अमेरिकाको १० राष्ट्रसँगै यसपटक एसियन कपको फाइनल खेलेका जापान र कतारले पनि कोपा अमेरिकामा प्रतिस्पर्धा गर्नेछन् । दक्षिण अमेरिकामा १० राष्ट्र मात्र भएका कारण प्रतियोगितालाई उचित संरचना दिन दुई राष्ट्रलाई सहभागिता जनाउन आमन्त्रण गरिएको हो । यसअघिका प्रतियोगितामा […]
May 18, 2019
भरतपुर (हाम्रो खेलकुद)- सिएमजी क्लब संकटा सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा संकटाले रमपम झापा–११ लाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । संकटालाई च्याम्पियन बनाउन अमित तामाङ र लक्ष्मण रुचालले गोल गरे । एक गोल उपहार पाएको थियो । चितवन नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलको पहिलो हाफमा […]
May 18, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीलाई फिफाले दुई विन्डोको लागि खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धविरुद्ध चेल्सीले कोर्ट अफ आर्विटेसन फर स्पोर्टस् (सिएएस) मा अपिल गरिरहेको छ । यो अपिलमा सफलता हात पारे चेल्सीले आयाक्सका युवा स्टार ब्राजिली डेभिड नेरेसलाई क्लबमा अनुबन्ध गर्ने प्रक्रिया अघि बढाउने योजना बनाएको छ । खेलाडी अनुबन्धमा प्रतिबन्ध हुन […]
May 18, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपमा भारत प्रमुख दाबेदार राष्ट्र हो । भारतले एक महिना अघिनै आफ्नो १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । भारतले निकै चर्चामा रहेका युवा खेलाडी ऋषभ पन्त तथा अनुभवी आम्बाती रायडुलाई टोलीमा मौका दिएन । यी दुई खेलाडीको स्थानमा सबैलाई […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको व्ह्विलचियर एसिया कप टी ट्वान्टी प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिवार टियु क्रिकेट मैदानमा भएको फाईनल खेलमा भारतलाई ५ विकेटले हराउँदै पाकिस्तानले उपाधि जित्न सफल भएको हो । विजेता पाकिस्तानले ६० हजार प्राप्त गर्न उप विजेता भारतले ३० हजारमा चित्त बुझाउनु पर्यो । २ सय ११ रनको विजयी […]
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका, प्रायोजक र जर्सि सार्वजनिक भएको छ । पीएम कप फेरि सरेको छ । यसअघि जेठ ८ गतेबाट हुने भनिएपनि अब जेठ १० गते देखी २५ गते सम्म मुलपानी र टियु क्रिकेट मैदान क्रिकेट मैदानमा कीर्तिपुरमा हुने छन् । त्यसअघि जेठ १ देखि […]
May 18, 2019
एजेन्सी – ब्राजिलले कोपा अमेरिकाको लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोली कप्तानको नाम भने सार्वजनिक गरेको छैन । रुसमा सम्पन्न विश्वकपमा टोलीको कप्तानी नेयमारले पनि गरेका थिए । त्यसयता पनि प्रशिक्षक टिटेले लगातार खेलमा कप्तान परिवर्तन गर्दै आएका छन् । टोली घोषणा गर्ने क्रममा टिटेले नेयमारलाई कप्तानी दिने नदिने विषयमा प्रष्ट पार्न चाहेनन् । […]
May 18, 2019
पोखरा (हाम्रो खेलकुद)– निर्वाचन भएको झन्डै १६ महिनापछि अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ । विनोद लामाको अध्यक्षमा शनिबार पोखरामा बसेको बैठकले सर्वसम्मतमा महासचिव र कोषाध्यक्ष मनोनयन गरेसँगै संघको १५ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो । महासचिवमा राष्ट्रिय फुटबल टोलीका उप कप्तान समेत रहेका राजेश खड्गी र कोषाध्यक्षमा पूर्व खेलाडी एवंम् प्रशिक्षक […]